महिला खबर
सुनसरी । तीजका नाममा विकृति वढ्न थालेको जनाउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले विज्ञप्ती जारी गरी तीजलाई खर्चिलो र भड्किलो नवनाउन आग्रह गर्नुभएको छ । सुनसरीमा तीजका नाममा चन्दा उठाउने क्रम वढेपछि दवावमा चन्दा लिने कार्य नगर्न प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नुभएको छ ।
धर्म, संस्कार संस्कृति र चाड मनाउने क्रममा कसैलाई तनाव दिनु नहुने विज्ञप्तिमा जनाइएको छ । घर परिवारको आम्दानीले धान्नै नसक्ने गरी चाडवाड मनाउन खोज्नु परम्परा एवम संस्कार विपरित हुने विज्ञप्तीमा भनिएको छ ।
तीजका नाममा इटहरीलगायतका सुनसरीका शहरी क्षेत्रमा चन्दा उठाउने क्रम वढेको खवर सन्चार माध्यममा आएपछि जिल्ला प्रशासनकार्यालय सुनसरीले विज्ञप्ती जारी गरेको हो । । तीज मनाउन इटहरी उपमहानगरपालिकामा मात्र रकम माग गर्दै तीन दर्जन वढी निवेदन आएको छ । चालिस हजार रुपैयाँसम्म रकम तोकेरै माग गरिएका निवेदन आएको इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले वताउनुभयो । बिभिन्न कार्यक्रम गर्न भनेर व्यापारीसँग पनि चन्दा माग गर्नेहरूले समस्यामा पार्ने गरेको इटहरीका व्यापारीहरूले वताएका छन् ।
Comment Here!