रामदुलारी हत्या घटनाको संसदीय समितिले छानविन गर्ने


प्रकाशित मिति :2016-08-23 10:43:04

चन्द्र बानियाँ

राष्ट्रपति कार्यालयमा अधिकारकर्मि

राष्ट्रपति कार्यालयमा अधिकारकर्मी

कञ्चनपुर जिल्लाको  डेढकोट नगरपालिका निवासी रामदुलारी रानाको हत्या घटनाको संसदीय समितिले छानवीन गर्ने भएको छ । जेठ महिनामा भएको सो हत्या काण्डको  अहिले आएर व्यवस्थापिका संसद अन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले छानवीन गर्न लागेको हो ।  समितिको  सोमवार बसेको बैठकले सो घटनाको स्थलगत अनुगमन गरी छानवीन गर्ने निर्णय गरेको हो । पीडितका परिवारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी घटनावारेमा सत्यतथ्य छानवीन गरी दोषी माथि कार्वाही गर्न माग गरेपछि समिति घटनावारेमा छानवीन गर्ने निर्णयमा पुगेको हो । समितिका सभापति रन्जुकुमारी झाको नेतृत्वमा संसदीय छानवीन समितिले बुधवारदेखि घटनास्थलको अनुगमन थाल्नेछ ।

कञ्चनपुर जिल्ला क्षेत्र नं ३ , डेढकोट नगरपालिका बस्ने २२ वर्षीया दुलारीको गत जेठ १८ गते घरबाटै अपहरण  भएको चारदिनपछि  घरदेखि केही पर शव भेटिएको थियो । मृतक दुलारीको एक चार वर्षीय छोरा छन् ।

अपराधीलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर आन्दोलन गर्दै कञ्चनपुरका महिला

अपराधीलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर आन्दोलन गर्दै कञ्चनपुरका महिला

दुलारीको अपहरण पश्चात सामूहिक बलात्कार गरी हत्या भएको हुनसक्ने स्थानीय अधिकारकर्मी तथा आफन्तले आशंका गरेका छन् । समितिका महिला सांसदको पनि यही आशंका  छ । सांसद रुक्मीणी चौधरीका अनुसार शव भेटिएको ठाउँ, शवको अवस्थालाई हेर्दा बलात्कारपछि हत्या गरेको जस्तो देखिन्छ । घटनाको स्थलगत अनुगमन र छानविन गर्ने सम्बन्धमा समितिमा सोमवार भएको बैठकमा सांसद चौधरीले भनिन्, घटनास्थल वरपर प्रयोग गरिएका कण्डम भेटिएका छन् । विषको विर्काे नखोलिएको एउटा बटृा भेटिएको छ । शव गन्हाउने अवस्थामा भेटिएको थियो ।

घटनावारेमा बैठकलाई जानकारी दिने क्रममा सांसद चौधरीले भनिन्, म आफैं घटनास्थल गएर आएकी छु । दुलारीका परिवार, छिमेकी र स्थानीय अधिकारकर्मी महिलालाई भेटेर आएकी छु । उनीहरूको भनाइ र घटनास्थलमा पाएका प्रमाणले बलात्कारपछि नै हत्या भएको भन्ने देखिन्छ ।

अर्का सांसद दुर्गा खुनाका अनुसार हत्या घटनालाई घरायसी झगडा हो भनी पन्छाउन खोजिएको छ । वास्तवमा त्यो छटना घरायसी झगडाका कारण नभइ परिवार भन्दा बाहिरका व्यक्ति संलग्न  छन् । मृतककी सासु विटु रानालाई उद्दृत गर्दै सांसद खुनाले भनिन्, दुलारीलाई स्थानीय प्रकाश मल्ल लगायतका व्यक्तिले घरबाट अपहरण गरी हत्या गरेका हुन् ।  मल्लका परिवारले सासु विटुलगायत परिवारका अन्यलाई कुटपीट गरेका र अझै ज्यान मार्ने धम्की दिएका छन् । घटनाको विरोध र छानवीनको माग गरे वापत परिवारका सदस्य र अधिकारकर्मी शारदा चन्दलगायतकालाई कुटपीट गरेको समितिको बैठकमा जानकारी दिइन् । खुना कंचनपुरकै सांसद हुन् ।

Ram

सांसद खुना र चौधरीका अनुसार आरोपी प्रकाश मल्ल अहिले पुर्पक्षका लागि प्रहरी हिरासतमा छन् । उनीहरूका अनुसार प्रहरीले निष्पक्ष छानवीनका लागि पीडितका परिवारलाई खासै सहयोग गरेका छैनन् । पीडितका परिवारलाई पैसाको प्रलोभन र ज्यान मार्ने धम्कीका आधारमा मिल्न दबाब दिइ रहेको अधिकारकर्मीहरूको भनाइ छ ।

दुलारीको हत्या घटनावारेमा संसदको महिला समितिमा छलफल भइरहँदा सांसद टिएल चौधरी, आशा कोइराला, एशोदा लामालगायतका सांसदले घटना गंभिर भएको भन्दै संसदीय समिति घटनास्थलमा गइ अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।

बैठकमा समितिका सभापति रन्जुकुमारी झाले पीडितले न्याय र पीडकले सजाय पाउने गरी समितिले हत्या घटनाको छानवीनमा सहयोग गर्ने बताइन् । यो घट्नामा लामो समयदेखि महलिा अधिकारकर्मीले जिल्लामा आन्दोलन गर्दै आएका छन् । उनीहरूले र काठमाडौंमा प्रधानमन्त्री, राष्ट्रपतिलगायत दलका नेतालाइृ भेटेर न्यायका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: