विदुर आचार्य
सिन्धुपाल्चोक। रोजगारीको सिलसिलामा संयुक्त अरव इमिरेट्समा रहेका सिन्धुपाल्चोकका दुई दिदीबहिनीले ब्युटीपार्लर सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेका छन्। सिन्धुचेली रेखा र लक्ष्मी कार्कीले युएईको आवुधावीस्थित डिफेन्स रोडमा टप भेनस ब्युटीपार्लर स्थापना गरेका हुन्।

लक्ष्मी कार्की
नेपाली महिला पनि अन्तर्राष्ट्रिय वजारमा लगानी गरेर प्रतिस्पर्धा गर्न सक्छन् भनेर देखाउन पनि व्यवसाय सञ्चालन गरेको सञ्चालकमध्येकी एक रेखा कार्की वताउँछिन्।

रेखा कार्की
करिव एक करोड नेपाली रुपैयाँको लगानीमा ब्युटीपार्लर स्थापना गरेको उनको भनाइ छ। स्थानीय र एसियन मुलका विदेशीको लागि लक्षित गरी सेवा संचालन गरेको उनले जानकारी दिईन्।
अत्यन्त मेहनत गरेर राम्रो र उत्कृष्ट सेवा दिएकाले आफूहरूको व्यवसाय आवुधावीमा सोचेभन्दा धेरै लोकप्रिय हुँदै गएको उनीहरूको अनुभव छ।
पहिले काठमाडौंमा ब्युटीपार्लर सञ्चालन गरेर अनुभव बटुलेका यी दुई नेपाली दिदीबहिनीले युएईका सातवटै राज्यमा आफ्ना शाखा खोल्ने योजना बनाएका छन्।
‘एउटा शाखा खोल्न भने सवै तयारी पूरा भै सकेको छ, अव छिटै संञ्चालनमा आउँछ’ लक्ष्मीले भनिन् । आफूहरूले नेपालीसँगै अन्य ६ जनालाई रोजगारी समेत दिएको उनीहरू बताउँछन्।
Comment Here!