महिला खबर
दोलखा। महिला तथा बालबालिका कार्यालय दोलखाले किशोरीका लागि १० दिने जीवन उपयोगी सीप सम्बन्धि तालिम सुरु गरेको छ।
तालिममा भीमेश्वर नगरपालिका वडा नम्बर १ को महिला सहकारी संस्थामा आवद्ध तीसजना किशोरी सहभागी छन्।
महिला तथा बालबालिका कार्यालय दोलखाकी प्रमुख लक्ष्मी ढकालका अनुसार तालिममा किशोरी अवस्थामा हुने स्वास्थ्य समस्या, यौन तथा प्रजनन् स्वास्थ्य, विद्यमान ऐन कानुनलगायतका विषयमा प्रशिक्षण दिइने छ ।
कार्यालयले जिल्लाका २ नगरपालिका र ४८ गाविसमा महिला, किशोरी तथा बालबालिकाका लागि बिभिन्न तालिम तथा घरेलु व्यवसायको लागि सहयोग गर्दै आएको जनाएको छ।
Comment Here!