शिशुको मृत्युपछि अभिभावकद्वारा अस्पतालमा ढुङ्गामुढा


प्रकाशित मिति :2016-08-23 17:12:33

महिला खबर

काठमाडौं । निमोनिया भएको बालकको उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा वसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालमा  तनावग्रस्त बनेको छ ।
अस्पतालको लापरबाहीका कारण बच्चाको मृत्यु भएको भन्दै  आफन्तले अस्पतालमा ढुङ्गामुढा गरेका हुन् । निमोनियाबाट ग्रस्त तीनवर्षीय  बालक विकृष्ण महर्जनलाई उपचारका लागि सोमबार राति अस्पताल भर्ना गरिएको थियो ।

उनलाई सघन उपचार कक्ष (ICU) मा भर्ना गरिएको थियो ।  उपचार कै क्रममा बालकको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।  ले जानकारी दिनुभयो अस्पतालका प्रशासकीय अधिकृत विपीन जङ्गमका अनुसार  अहिलेसम्म  बालकका अभिभावकले शव बुझेका छैनन् ।

शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्षमा शैय्या खाली नभएकाले उक्त अस्पतालमा रेफर गरिएको  अस्पतालले जनाएको छ । मृतक शिशुको निमोनिया बिग्रिसकेको र छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको जङ्गमले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: