पोखरीमा डुवेर तीनजना बालिकाको मृत्यु


प्रकाशित मिति :2016-08-24 10:33:05

महिला खबर
सुनसरी । सुनसरीमा तीनजना वालिकाको हिजो साँझ पाँच वजे पोखरीमा डुवेर ज्यान गएको छ । सुनसरी अमडुवा गाविसस्थित  जनता प्राथमिक विद्यालयमा अध्ययनरत तीनजना बालिकाको स्कुलदेखि नजिकै रहेको पोखरीमा डुवेर ज्यान गएको  छ । विद्यालयका प्रधानाध्यापक रमेश कुमार रायका अनुसार वाख्रा चराउन गएका वालिका गर्मीका कारण पोखरीमा नुहाउन गएका वालिकाको डुवेर मृत्यु भएको हो । विद्यालयदेखि तीन सय मिटरको दुरीमा रहेको माछा पोखरीमा डुवेर राजु ऋषिदेवकी १० वर्षीया छोरी दीपिका, सुन्दर ऋषिदेवकी  ९ वर्षीया छोरी करुणा र रामु ऋषिदेवकी ९ वर्षीया छोरी नन्दनी ऋषिदेवको ज्यान गएको हो । उनीहरू तीनै जनाको घर र स्कुल आसपासमै पर्छ ।

वालिकाहरू  पोखरीमा डुबेको  स्थानीयवासीले देखेर प्रहरीलाई खवर गरेका थिए । पोखरीमा घेरावार नगरी समुदायले माछा पालन गर्दै आएका थिए ।  तीनै जनाको शव पोष्टमार्टमकालागि कोशी अञ्चल  अस्पताल विराटनगर लगिएको छ । एकै ठाउँँका तीन जना वालिकाको निधन भएपछि गाउँ  शोकाकुल वनेको छ । विद्यालयले शोक सभा आयोजना गरेर बुधवार स्कुलमा सार्वजनिक विदा गरेको  प्रधानाध्यापक रायले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: