महिला खबर
काठमाडौं । नेपाली काँग्रेसको भगिनी सङ्गठन नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आउँदो भदौ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन हुन बाँकी भ्रातृ र भगिनी संस्थाको महाधिवेशन छिटो गर्न निर्देशन दिएपछि महिला सङ्घले यसको तयारीमा लागेको हो ।
महाधिवेशन तोकिएकै समयमा सम्पन्न गराउन पार्टीले निर्देशन समितिसमेत गठन गरिसकेको छ ।
नेता एनपी साउदको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहनुभएको छ ।
Comment Here!