महिला खबर
मोरङ । मोरङको पथरी शनिश्चरेका मानवहादुर लिम्वूको घरमा विवाहको भब्य तयारी थियो । पथरी शनिश्चरेको अर्को एक घरमा वेहुलीलाई श्रृंगार गरी तयारी अवस्था राखिएको थियो । वेहुलीसँगै साथी ( लिम्वू संस्कृति अनुसार वेहुला केही सिमित व्यक्तिका साथमा वेहुलीको घरमा गई वेहुली ल्याएर वेहुलाकै घरमा विवाह गरिन्छ । वेहुलीका साथमा दर्जन वढी युवती वेहुलाको घरमा साथी आउने गर्छन ) जान १२/ १५ जना किशोरी तयार थिए ।
तर वेहुली लिन गएका वेहुला २१ वर्षीय सन्देश लिम्वूलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरी पुर्यायो, कारण थियो वालविवाह । सन्देशले विवाह गर्न लागेकी वेहुली १५ वर्षकी मात्र थिइन् । वालविवाह हुन लागेको थाहा पाएर स्थानीयले प्रहरीमा उजुरी गरेपछि प्रहरीले वालविवाह रोकेको हो । प्रहरी कार्यालयमा दुवैजनाले राजी खुशी विवाह गर्न लागेको वताएपनि कानुन अनुसार १५ वर्षमै विवाह गर्न नमिल्ने भएकाले प्रहरीले उनीहरूलाई सम्झाई वुझाइ उनीहरूको घर फर्काएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो सकृयतामा एक वर्षभित्रमा १६ वटा वालविवाह रोकेको पत्रकार सम्मेलन गरी जानकारी दिएको केही दिनमै अर्को वालविवाह रोकेको हो ।
प्रहरीका अनुसार गतवर्षको साउनदेखि असारसम्ममा १६ वटा वालविवाह रोकिएको थियो । प्रहरीमा विभिन्न श्रोतवाट आएको जानकारीका आधारमा विवाह तय भइसकेका वालविवाह रोकिएको हो । गत फागुनदेखि असार मसान्तसम्ममा मात्र १२ वटा वालविवाह रोकेको प्रहरीले जनाएको थियो ।
Comment Here!