पार्वती पाण्डे

गाउँमा हुने समस्याका वारेमा छलफल गर्दै सञ्जालका सदस्य
कपिलवस्तु । समुदायको न्यायमा पहुँच पुुर्याउनका लागि कपिलस्तुको दक्षिणी क्षेत्रका महिला र पुरुषले होस्टेमा हैंसे गर्दै अगाडि बढेका छन् । गाउँ घरमा हुने सामान्य झैझगडालाई उनीहरू गाउँ मेलमिलाप गराउने र अन्यायमा परेकाहरूलाई न्याय दिने काम गर्न कज्रहवा र भलवारीका महिला पुरुष एकजुट भएर अगाडि बढेका हुन् । शुरुका दिनमा घरबाट वाहिर ननिस्कने महिला अहिले टोल टोलमा जाने, गाउँको अवस्था वुझ्ने, समाजमा शान्ति कायम राख्ने काममा लागेका छन् । न्यायमा पहुँच सञ्जालका अध्यक्ष सन्तोष कुमार त्रिपाठी भन्छन् ‘अव मधेशी महिला पनि सचेत हुँदै अगाडि वढेका छन , लैंगिक हिंसा अन्त्य गर्न समाजमा शान्तिको वातावरण सृजना गर्ने काममा महिला अग्रसर भएका छन्, गाउँका महिला सँगै हामी पनि साथ दिन्छौं, समस्या समाधान गर्छाै ।’
सञ्जालकी सदस्य पुनम कुमारी चौधरी पनि महिला कतै हिंसामा परेका छन् की भनी गाउँमा खुबै निगरानी राखेको वताउछिन् । ‘समाजमा झैझगडा हुन दिदैनौं , श्रीमानले दारु खाएर आउने श्रीमतीलाई कुटपीट गर्ने गाउँमा हुने घटना थिए, ती घटनालाई हामी बसेर सम्झाई वुझाई गरेपछि उनीहरूको परिवारमा परिवर्तन आएको छ’ उनले भनिन्, गाउँमा जथाभावी रक्सी खाइ घरमा झगडा मच्चाउनेलाई ठिक पार्दै गएका छौं ।’ समितिमा आवद्ध हुँदा आफ्नो वोल्ने क्षमता पनि बढ्दै जाने , सामाजिक कार्यमा सहभागी हुन पाइने र आफ्नो गाउँमा शान्त पनि कायम भएको देख्दा उनलाई खुशी लागेको छ ।
कज्रहवामा रक्सी खाइ हल्ला गर्दा आफ्नो घर र गाउँलाई समेत अशान्ति बनाएको भन्दै सम्झाउने वुझाउने गर्दा समेत ती व्यक्तिले अटेर गर्ने गरेको अनुभव दिनानाथ चौधरीको छ । समाजमा प्रहरी पनि आफैँ गएर शान्ति कायम गर्न लाग्नु पर्ने उनको सुझाव छ ।
कज्रहवाका ९ वटै वडाका महिला र पुरुषलाई आवद्ध गरी सञ्जाल गठन गरिएको मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल कपिलवस्तुका कार्यक्रम संयोजक जियाउल हक वताउँछन् । समुदायका सवै जसो महिला पुरुषलाई मिलाएर वेला वेलामा महिला शशक्तिकरणका र लैंगिक हिंसा , अधिकार सम्बन्धि तालिम दिइएको उनले बताए । सञ्जालले भलवारीमा पनि पुरुष महिलाको बराबरी सहभागितामा न्यायमा पहुँच पुर्याउनका लागि न्यायमा पहुँच सञ्जाल गठन गरिएको जानकारी उनले दिए ।
Comment Here!