महिला खबर
दोलखा । दोलखामा क्रियाशील नागरिक समाज तथा सञ्चारकर्मीले स्थाई आवास निर्माणका लागि सरकारले दिने भनेको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउन तथा विवादका कारण अनुदान सम्झौता हुन नसकेका गाविसहरूमा तत्काल सम्झौता गर्ने वातावरण बनाउन स्थानिय प्रशासन मार्फत सरकारसँग माग गरेका छन् ।
उनीहरूले श्रीमान वैदेशिक रोजगारीमा गएकाको परिवारलाई अनुदान रकम लिन र सम्झौता गर्न कठिनाई भएको उल्लेख गर्दै त्यस्ता घरधनीका परिवारलाई आवश्यक प्रमाणका आधारमा सहज ढङ्गले अनुदान सम्झौता तथा अनुदान रकम लिने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले कच्ची सडकमा रुटपरमिट नहुँद यात्रुले ब्यहोर्नु परेको सास्ती, कालो बजारी नियन्त्रण, नियमित विद्युत आपूर्तिलगायतका विषयमा गम्भीर हुन पनि स्थानिय प्रशासनलाई आग्रह गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्नुहुदै प्रमुख जिल्ला अधिकारी शाहीले आफ्नो सरोकार पनि जनताले राज्यबाट पाउने सुविधा सहज ढङ्गले पाउन सकुन् भन्ने कुरामै केन्द्रित रहेकोले सञ्चारकर्मी तथा नागरिक समाजले उठाएका विषयलाई पुरा गर्न तत्काल पहल गर्ने बताउनुभयो ।
Comment Here!