महिला खबर
काठमाडौं । नेपाली काँग्रेसले आफ्नो पार्टीका तर्फबाट मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाम टुङ्ग्याउन छलफल गरिरहेको छ । उपचारका लागि विदेश जानुअघि आफ्नो पार्टीका तर्फबाट मन्त्री पठाउन सभापति शेर वहादुर देउवा लाग्नु भएको हो । मन्त्रिमण्डल गठनको लगभग तीन हप्ता वितिसक्दा पनि पार्टीभित्र गुट उपगुटको चित्त बुझाउन नसकेपछि देउवालाई मन्त्रीको नाम टुङ्ग्याउन सकस भएको छ ।
पार्टी निकट नेपाल विद्यार्थी संघको महाधिवेशन टुङ्ग्याउन पनि फलाम कै चिउरासरह भएपछि १२ दिनका दिन बन्दसत्र नगरी निर्वाचन गरेका देउवाको पार्टीभित्र संस्थागत छलफल र सल्लाह नगरी गुट र उपगुटको चित्त बुझाउन तर्फ लागेको भन्दै आलोचना पनि भएको छ ।
आज उहाँले अर्जुननरसिहं केसी, बालकृष्ण खाँड, डा. प्रकाश शरण महत र जीवन वहादुर शाहीको नाम मन्त्रीका लागि टुङ्ग्याउनु भएको छ । पार्टीभित्र मन्त्रीमा जाने महिलामा कोषाध्यक्ष सीतादेबी यादव, कमला पन्त अम्बिका बस्नेतको नाम चर्चामा छ । यसैगरि राज्यमन्त्रीमा सीता गुरुङ र किरण यादवको नाम छलफलमा रहेको बताइएको छ ।
नेकपा माअाेवादी केन्द्रबाट पनि महिलालाई मन्त्री नबनाएपछि अाफ्ना पार्टीबाट मन्त्री बनाउनैपर्ने कुराकाे लविङ गरिरहेकाे नेता पुष्पा भुषालले बताउनुभयाे । पार्टी भित्रका गुट उपगुटमा महिला प्राथमिकतामा नपर्ने हुनाले काँग्रेसका तर्फबाट पनि एक तिहाइ महिला मन्त्रिमण्डलमा पर्छन् भन्ने विश्वास नभएकाे उहाँकाे भनाइ छ ।
नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा १३ वटा मन्त्रालय पाएको छ । यी मध्ये विमलेन्द्र निधी र रमेश लेखक पहिलो मन्त्रिमण्डल गठन कै दिन मन्त्री भइसकेको छन् । अव उसको भागमा ११ वटा मन्त्रालय रहेका छन् ।
Comment Here!