रुटपरमिट नभएका बस सञ्चालनमा रोक लगाएपछि यात्रु अलपत्र


प्रकाशित मिति :2016-08-24 16:33:22

सर्मिला बुढाथोकी

रिकोटमा बस कुर्दै अलपत्र यात्रु र रोकिएका बस ।

रिकोटमा बस कुर्दै अलपत्र यात्रु र रोकिएका बस ।

दोलखा । काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारी विर्ता देउरालीमा गत साउन ३१ गते यात्रुवस दुर्घटनामा परी २७ जनाको मृत्यु भएपछि अहिले सरकारले रुटपरमिट नभएका यातायात सञ्चालनमा रोक लगाएको छ ।

त्यसैगरी सिट संख्या भन्दा बढी यात्रु राख्ने, यात्रुवसमा ढुवानीका सामान बोक्ने बसलाई रोक लगाउँदै जर्वजस्ती गरे लाईसेन्स खारेजी, रुट परमिट खारेजी लगायतको सजाय गर्ने व्यवस्था कडाईका साथ कार्यान्वयन गरिरहेको छ ।

सिन्डिकेटका कारण दुर्घटना बढेको भन्दै चौतर्फि आवाज उठेपछि सरकारले अहिले बिभिन्न स्थानमा बस व्यवसायीले कायम गर्दै आएको एकाधिकार अन्त्य गर्ने अभियान समेत सुरु गरेको छ ।

 सरकारको यो अभियान सकारात्मक भएपनि बैकल्पिक व्यवस्था नगरी सुरु गरिएको अभियानले विशेष गरी ग्रामीण क्षेत्रका जनता भने समस्यामा परेका छन् । दोलखा बाबारेकी पाल्डोमा शेर्पा बस सञ्चालन नहुँदा आफू दुईदिनदेखि सदरमुकाम चरिकोटमा अलपत्र परेको गुनासो गरिन् । ‘यातायात सञ्चालकको लापर्बाहीले बस दुर्घटना भै धेरैले ज्यान गुमाउनु परेको अवस्थामा सरकारले सुरु गरेको अभियान ठिक छ, तर सरकारले जनताको समस्या समेत बुझ्नुपर्छ’ – शेर्पाले भनिन् । दोलखा सुनखानीकी माया खड्का पनि सरकारले सुरु गरेको अभियानको सर्मथन गर्छिन् । उनले भनिन् ‘एकाधिकार हट्नुपर्छ, बसमा क्षमता भन्दा बढी यात्रु राख्नु हुँदैन यसमा हाम्रो सर्मथन छ, तर यात्रुलाई अलपत्र पार्ने काम भने गर्नु हुँदैन ।’

Capture

दोलखाका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार दुलाल यातायात सञ्चालनमा रोक लगाउँदा ग्रामीण भेगका जनताले दुःख पाएको स्वीकार गर्नुहुन्छ । तर दुर्घटनाबाट जोगाउन र कानुन कार्यान्वयन गर्न कडाई गर्नुपर्ने दुलालको दावी  छ । सरकारले अहिले देखिएको समस्या समाधान गरी यात्रुलाई सहज हुने अवस्था बनाउन पहल गर्नुपर्ने ट्राफिक प्रमुख दुलालको भनाई छ ।

दोलखा जिल्लाको ग्रामीण क्षेत्र सिंगटी, सुनखानी, बाबरे, लापिलाङ, गैरीमुदी, मिर्गे, झुले, मागापौवा, पवटी, शैलुङ्गेश्वरलगायतका क्षेत्रमा अरनिको यातायात र रोल्वालिङ यातायातका एक सय भन्दा बढी बस सञ्चालन हुँदै आएका छन् । ती बस सञ्चालन नभएपछि अहिले सदरमुकाम चरिकोट आउने र काठमाडाैं जाने सयौं यात्रु अलपत्र परेका छन् । दोलखामा दुईवटा समितिको सिण्डिकेट रहेपनि अरनिको समितिले सगरमाथा यातायातको नामबाट समेत यातायात सञ्चालन गरेको छ ।

रोल्वालिङ यातायात समितिका अध्यक्ष बालकृष्ण आचार्य सरकारको अभियान सकारात्मक रहेको र एकाधिकार हटाउने, क्षमता भन्दा बढी यात्रु नबोक्ने जस्ता कुरामा आफूहरूको पनि सहमति रहेको, तर ग्रामीण क्षेत्रमा रुटपरमिट दिने कुरामा सरकारले तत्कालै स्पष्ट नीति बनाउनु पर्ने बताउछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: