महिला खबर
दोलखा । भुस्याहा कुकुरको टोकाईबाट सदरमुकाम चरिकोटमा पन्ध्रजना भन्दा धेरै घाईते भएका छन् । यी मध्ये छ जना महिला छन् । उनीहरूको बिभिन्न स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । अर्वसाधारणलाई टोकेको कुकुरलाई स्थानीयले मारेका छन् ।
बजारमा हिँडीरहेका मानिसलाई भुस्याहा कुकुरले टोकेका थियो । घाईतेको प्राथमिक स्वास्य केन्द्र चरिकोट, च्छो रोल्पा जनरल अस्पताल र सामुदायिक अस्पतालमा उपचार भएको जनाईएको छ ।
उपचारमा आएका कतिपय चरिकोट प्राथमिक केन्द्रबाट आएको अस्पतालले जनाएको छ । चरिकोट प्राथमिक स्वास्थय केन्द्रमा १२/१५ जनाको उपचार भएको जनाईएको छ । केन्द्रमा रेविजविरुद्धको सुई नभएको कारण समस्या भएको र केन्द्रमा आएका कतिपय घाईते सुई लगाउन च्छो रोल्पा जनरल अस्पताल गएको केन्द्रले जनाएको छ । करिब डेढ महिनादेखि केन्द्रमा रेविजविरुद्धको सुई नभएको जनाईएको छ ।
Comment Here!