लक्ष्मी गौतम

उद्वारपछि उनलाई अस्पतालमा उपचार गरिँदै ।
फिदिम । माइतीले भएभरको चल अचल सम्पति हत्याएपछि एक्लिएकी पाँचथरकी एक महिलाको उद्वार गरिएको छ । महिला तथा बालबालिका कार्यालय पाँचथरले याङनामकी ५८ वर्षीया ज्ञानमाया जवेगु छन् ।
जवेगुलाई महिला तथा बालबालिका कार्यालय प्रमुख गोमा वाग्लेले घरैवाट उद्वार गरेकी हुन् । माइती मै आमाबाबु पालेर बसेकी ज्ञानमायाका बाबुआमाको निधन भइसकेको छ । उनी स्तन क्यान्सरवाट पीडित थिइन् । उपचारको अभावमा घरैमा अलपत्र अवस्थामा रहेकी उनलाई प्रमुख वाग्लेले उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन पुर्याएकी छन् ।
स्थानीयका अनुसार ज्ञानमायाका पिता उनी सानै छँदा मरेका थिए भने आमाको दशवर्ष अगाडी निधन भयो । त्यसपछि लुङरुपामा विहे गरेर
गएकी दिदीको पनि मृत्यु भएपछि उनी एक्लिएकी थिइन् ।ज्ञानमायाका आफ्नै दाजुभाई छैनन् । काका र बडावा तर्फका १–१ जना छोरा नै उनी नजिकका हकदार हुन् । सवै अविभावकको निधनपछि बाबुका नाममा रहेको जग्गा जमिन नामसारी गरेर ल्याउनासाथ उनलाई काका बडावाका छोराहरू सुक्रवहादुर,चन्द्रवहादुर रामप्रसादले हेला गर्न थालेका थिए ।
उनीहरूले ज्ञानमायाको ढुंगामाटोले बनेको घुमाउने घर भत्काइदिनुका साथै जग्गा धनीपुर्जा कव्जा गरेर राखी नागरिकता पनि च्यातिदिएको सोही वडामा महिला पुरुष समविकास सम्वन्धि तालिममा थाहा पाएपछि उद्वार गरिएको वाग्ले वताँउछिन् ।
ठुलो घर भत्काइदिएपछि झुप्रोमा वेवारिसे अवस्थामा रहेकी उनलाई अधिकृत वाग्लेसहितका कर्मचारीले असार २८ गते उद्वार गरेर सदरमुकाम ल्याएका हुन् ।
सदरमुकाम ल्याइएपछि जिल्ला केहीदिन जिल्ला सेवा केन्द्रमा राखी उनको उपचार गराइएको थियो । त्यसपछि भरतपुर क्यान्सर अस्पतालमा लगेर स्वास्थ जाँच गर्दा उनलाई क्यान्सर भएको प्रमाणित भएको वताइएको छ ।
उनलाई भरतपुर लैजानु पुर्व महिला तथा वालवालिका कार्यालयले उनको नागरिकताको प्रतिलिपि बनाउने र अस्पतालवाट निःशुल्क उपचार गराउनेसँगै उनलाई अपहेलना गर्ने माइतीविरुद्व आर्थिक र घरेलु हिंसाविरुद्व मुद्दा दर्ता गराउने लगायतका प्रकृया पुरा गरेको छ । माइतीले उनले लगाएको सुन र केही रकम समेत खोसेर लगेको उजुरीमा उल्लेख छ ।
उनको स्तन क्यान्सर शल्यक्रिया गर्नुपर्ने भएकाले उपचारपछि पीडित महिलाको व्यवस्थापनका लागि प्रकृया शुरु गरिने प्रमुख वाग्लेको भनाई छ ।
Comment Here!