महिला खबर
सिन्धुपाल्चोक । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले यही भदौ महिना भित्र जिल्लाका चारवटा गाँउ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने भएको छ । सरकारले सन् २०१७ सम्ममा जिल्लाका सवै गाविसलाई पूर्ण खोपयुक्त घोषणा गर्ने अभियान अन्र्तगत यसपाली सुनखानी र पांग्रेटारलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको छ ।
सरकारले बालबालिकामा लाग्ने रोगविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन बालबालिकालाई अनिवार्य खोप लगाउनु पर्ने भन्दै दुई वर्ष अघि देशव्यापीरुपमा अभियान चलाएको थियो ।
सिन्धुपाल्चोकमा २०७२ वैशाखमा गएको विनासकारी भूकम्पका कारण यो अभियान अघि वढ्न नसकेको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत गोविन्द थापाले बताउनुभयो । थापाले भन्नुभयो ‘भूकम्पवाट खोप अभियानमा प्रत्यक्ष असर गरेको छ, पछिल्लो समयमा हामीले कुञ्चोक, शिखरपुर, नवलपुर र बाँडेगाउँलाई भदौ महिना भित्र नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी गरेका छौं ।’ यी चार गाविसमा पूर्ण खोप सुनिश्चित गर्न नर्वेजिन रेडक्रसले सहयोग गर्ने थापाले वताउनुभयो ।
जिल्लामा अहिले नेपाल सरकारवाट स्वीकृत भएर आएको स्वास्थ्य कार्यालयको जुनसुकै कार्यक्रमलाई प्रभावकारी वनाएको स्वास्थ्य शिक्षा अधिकृत शुशिल ढकालले बताउनुभयो । ‘अव पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्न हामीलाई समयको कमी छ’ उहाँले भन्नुभयो । यो सँगै अव जिल्लाका छ वटा गाविसमा पूर्ण खोप सुनिश्चित हुने भएको छ ।
Comment Here!