ह्वील चियरमा अधुरा सपना


प्रकाशित मिति :2016-08-25 14:46:12

सर्मिला बुढाथोकी

दोलखा । सानो कोठा, सँगै भान्सा, छेउमा ह्वील चियर र होचा–होचा दुई वटा खाट । मोबाईलमा रेडियो घन्काएर ढल्कि रहेकी थिईन् तेजमाया न्यौपाने । दोलखा सदरमुकाम चरिकोटकोे एक घरमा रहेकी तेजमायाले कुनै बेला किराना पसल खोल्ने र दुई चार ओटा बाख्रा पालेर जीवन धान्छु भन्ने सपना बुनेकी थिईन । दोलखा शहरे गाविस गोगनटार स्थाई घर भएकी तेजमाया न्यौपाने यति बेला ओल्टे कोल्टे फर्किन समेत कसैको साहराको पर्खाइमा हुन्छिन्, चरिकोटको त्यहि सानो कोठामा ।

२०७२ साल  माघ २७ गतेको बिहानी उनका लागि निर्दयी बनेर आयो, अनि जीवन रहुञ्जेललाई पीडाको भारी थमाईदिएर गयो ।  विहानी पख घाँस काट्न घर नजिकैको रुखमा चढेकी न्यौपाने  टेकेको रुखको हाँगा भाँच्चिएर भुँइमा बजारिइन् र सबै खुशी भुई भरी छरिए टिप्नै नमिल्ने गरी ।

disable

पन्ध्र वर्ष कै उमेरमा  मागी विवाह गरेकी न्यौपानेको साहारा यति बेला एउटी छोरीमात्र छन् । ‘छोरीको विवाहपछि मेरो अवस्था के होला ?’ न्यौपानेले गह भरी आँसु टिल्पल्याउँदै भनिन् –‘काल पर्खिन गार्‍हो पर्ने भो ।’

विवाह गरेको चार वर्षसम्म श्रीमानसँग राम्रै सम्बन्ध थियो तेजमायाको । चार वर्ष पछि श्रीमानले अर्को घरजम गरे, मैले धेरै पटक घर मै टिक्ने प्रयास गरें, तर सकिनँ तेजमाया भन्छिन्– त्यसपछि माईतिको आडमा सानो छोरी पालेर बसें, हात गोडा चल्थ्यो र बाँच्न सक्छु भन्ने आँट आउँथ्यो अव त आश सबै मरेर गयो ।

उपचारका लागि चार लाख रुपैयाँ खर्च लागेको छ उनको । त्यतिबेला दाजुले खर्च हालिदिनु भयो अहिले  कहाँबाट ल्याएर तिर्छैस् भन्नुहुन्छ, मेरो केही उपाय नै छैन – तेजमायाले भनिन् । ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउँदा दिन पनि रात जस्तै लाग्छ  तेजमायाले गुनासो पोखिन् ।  छोरीलाई कमाईको लागि टाढा पठाउन पनि समस्या छ । खान खुवाउन, दिशा पिसाब गराउनकै लागि छोरीलाई आफ्नो नजिक राख्नु  पर्नेे बाध्यता भएको न्यौपानेले सुनाईन् ।

आफ्नो अवस्थाले चिन्ता लागे पनि छोरीले गरेको सकारात्मक व्यवहारले बाँच्न प्रेरित गरिरहेको छ तेजमायालाई । भनिन् – छोरीले जति खर्च लागे पनि म तपाईलाई राम्रोसँग पाल्छु भनेकी छे,  छोरी चण्डिका अहिले सिएमए कोर्ष सकेर चरिकोटमा रहेको एक नीजि अस्पतालमा कार्यरत छन् । आमाको पालनपोषण आफ्नो दायित्व हो चण्डिका भन्छिन् –‘भारी बोकेर भएनी आमालाई राम्रोसँग पाल्छु ।’

दोलखा जिल्लामामात्र अपाङ्गता भएका ३ हजार ३९ जना रहेका छन् । जसमा महिला ८ सय ४४ र पुरुष १२ सय ८० जना रहेको महिला तथा बालबालिका कार्यालय दोलखाका प्रमुख लक्ष्मी ढकालले बताउनुभयो । अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरिएको र त्यसमा क र ख वर्गमा पर्ने अपाङ्गता भएकाहरूलाई सरकारले मासिक भत्ता दिँदै आएको छ । कार्यालयका अनुसार क वर्गमा पर्ने अपाङ्गता भएकालाई यो आर्थिक वर्षबाट मासिक २ हजार र ख वर्गमा पर्नेलाई मासिक ६ सय रुपैयाँ भत्ता सरकारले उपलब्ध गराउँदै आएको छ ।

महिला तथा बालबालिका कार्यालयका अनुसार जिल्लामा क वर्गमा पर्ने फरक क्षमता भएका महिला ९३ जना र पुरुष १ सय ३२ जना तथा ख वर्गमा पर्ने महिला २ सय २६ जना तथा पुरुष २ सय ५६ जना रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: