महिला खबर
बुटवल । रुपन्देहीको मानपकडी गाविस खजुरियालाई जिल्लामै पहिलो पटक औपचारिकरुपमा बालविवाह मुक्त घोषणा गरिएको छ । गाविसमा आयोजित एक कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सो वडालाई बालविवाह मुक्त वडा घोषणा गर्नुभएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दाले बाल विवाह हुन नदिन १२ बुँदामा सामूहिक प्रतिबद्धता जनाएका थिए । उनीहरूले बाल विवाह गर्न प्रेरित गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने, बालविवाहका लागि आएको निम्तो बहिष्कार गर्ने, नमुना वडा बनाउनेलगायतका प्रतिबद्धता जनाएका हुन् । एक सय आठ घरधुरी रहेको उक्त गाउँमा तीन वर्षदेखि बालविवाह नभएको तथ्याङ्क कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
Comment Here!