रामदुलारी रानाको हत्या प्रकरणबारे बुझ्न संसदीय टोली घटनास्थलमा


प्रकाशित मिति :2016-08-25 15:40:33

महिला खबर

कञ्चनपुर । लामो आन्दोलन र छलफलपछि अन्तत व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति रामदुलारी रानाको हत्या प्रकरणबारे स्थलगत अध्ययन अनुगमन गर्न कञ्चनपुर पुगेको छ । घटनाबारे सत्यतथ्य बुझ्न टोलीले घटना भएको चम्फापुर क्षेत्रमा पुगी स्थानीय बासिन्दा तथा पीडितपरिवारसँग जानकारी लिएको छ ।

बुधबार टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, पीडित, पीडक र मानवअधिकारकर्मीसँग भेटघाट गरी घटनाबारे जानकारी लिएको । टोलीमा समितिका सभापति रञ्जुकुमारी झा, आनन्दी पन्त, कलशादेवी महरा, मुक्ताकुमारी यादव, दुर्गा खुना, रुक्मिणी चौधरीलगायत रहनुभएको छ ।

कञ्चनपुर जिल्ला क्षेत्र नं ३ , डेढकोट नगरपालिकाकी २२ वर्षीया दुलारीको गत जेठ १८ गते घरबाटै अपहरण भएको चारदिनपछि घरदेखि केही पर शव भेटिएको थियो ।

थप समाचार

रामदुलारी हत्या घटनाको संसदीय समितिले छानविन गर्ने

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: