प्रसूति गृहलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने तयारी


प्रकाशित मिति :2016-08-25 16:47:18

महिला खबर

काठमाडौं ।  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धान केन्द्र बनाउन  आवश्यक पुर्वाधार विकासका काम भइरहेको बताउनुभएको छ ।

Maternity hospital

अस्पतालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा  निर्देशक  गौतमले मिडवाइफ्री, नर्सिङ कलेज छिट्टै सञ्चालन गर्ने जानकारी दिनुभयो । प्रसूति गृहले आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु गर्ने र सोलार प्रणाली जडान गर्न गृहकार्य भइरहेको  उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले मातृ स्वास्थ्यको क्षेत्रमा अस्पतालले ठूलो भूमिका निर्बाह गरेको बताउनुभयो । प्रसूति गृहको विकासका लागि  आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उहाँको भनाइ थियो ।

मन्त्रालयकी प्रमुख विशेषज्ञ डा किरण रेग्मीले प्रसूति गृहले दिइरहेको सेवा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  नयाँ प्रविधि र शैलीमा बिरामीलाई सेवा दिन सक्नुपर्नेमा उहाँको जोड थियो ।

आर्थिक वर्ष २०७२/७३ मा अस्पतालको बहिरङ्ग सेवामा ५२ हजार ८१४ जनाले सेवा लिएको तथ्याङ्क अस्पतालले दिएको छ । यसैगरि स्त्रीरोग उपचारमा २५ हजार २३० बिरामी र बच्चाको खोप, बाँझोपन, परिवार नियोजनमा एक लाख ३६ हजार ६४६ बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: