स्थानीय निर्वाचनमा हजारौं महिला उम्मेद्वार चाहिन्छ : प्रधानमन्त्री


प्रकाशित मिति :2016-08-25 17:33:47

नुनुता राई

prachand
काठमाडौं । संघीय गणतान्त्रिक लोकतान्त्रिक राष्ट्रको निर्माणमा महिलाको मुख्य योगदान रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दावी गर्नुु भएको छ । माओवादी केन्द्रका महिला संगठनहरूको  राष्ट्रिय एकता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले  १० वर्षे जनयुद्घमा हजारौं महिलाले देखाएको सकृयताले गर्दा माओवादी पार्टी पहिलो निर्वाचनमा राष्ट्रको पहिलो ठुलो पार्टी भएको जिकीर गर्नुभयो  ।

उहाँले भन्नुभयो ‘जनयुद्घमा महिलाको सहभागिता र योगदानले अहिले राज्यको प्रमुख तीन स्थानमा महिलाको नेतृत्व छ ।’ वर्तमान प्रधानन्यायाधीश शुशीला कार्कीलाई आफ्नो पहिलो कार्यकालमा सिफारिस गरेको, राष्ट्रपति विद्यादेवी भण्डारी माओवादीको एलायन्सले चुनेको र सभामुख ओनसरी घर्ती आफ्नै पार्टीको भन्दै यो सबै जनयुद्घमा महिलाको योगदानको प्रतिफल भएको दावी प्रधानमन्त्री दाहालको थियो ।

उहाँले अबको चैत महिनाभित्र स्थानीय निर्वाचन हुने र त्यसमा हजारौँ महिलाको उम्मेद्वारी चाहिने भएकोले यसको लागि तयारी गर्न पनि आग्रह गर्नुभएको छ ।

 त्यस्तै महिला आन्दोलनका अभियन्ता शान्ता श्रेष्ठले माओवादी केन्द्रले महिलाको हक अधिकारको लागि सकारात्मक भूमिका खेल्ने र यो एकता सकारात्मक भएको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘माओवादी महिला संगठनको एकताले महिलाको हक अधिकार स्थापित गर्न महत्वपुर्ण भूमिका खेल्नेमा म विश्वस्त छु ।’ माओवादी केन्द्रको कार्यालय सदस्य जयपुरी घर्तीले १० वर्षे जनयुद्घले सयौं शसक्त महिला नेताको जन्म भएको बताउनु भयोे  । उहाँले भन्नुभयो ‘हरेक क्षेत्रमा भएको महिला विभेदको विषयमा लड्दै आएको र वीचमा पार्टी विभाजनले असर भएपनि फेरि यो एकताले राज्यको हरेक क्षेत्रमा महिलाको सहभागिता गराउन मुख्य भूमिका खेल्ने छ ।’

विहीवार एकता र प्रशिक्षण हुने र शुक्रवार संठनात्मक छलफल हुने देवी खड्काले जानकारी दिईन् । एकता भेलामा देशभरबाट करिव २ सय महिलाको सहभागिता रहेको माओवादी केन्द्रले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: