तेस्रो पटक मन्त्रिमण्डल विस्तारः ३१ सदस्यीय मन्त्रिमण्डलमा एकजना महिला


महिलाको योगदानको घोर अवमुल्यन

प्रकाशित मिति :2016-08-26 11:47:37

महिला खबर

ministers

तस्बिरः प्रधानमन्त्रीको अफिसियल ट्वीटरबाट

काठमाडौं ।  नेपाली कांग्रेसबाट छानिएका १३ जना मन्त्रीले  शुक्रबार विहानै पद तथा गोपनियताको लिए । १३ जनामा काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार राज्यमन्त्रीसहित ३१ सदस्यीय मन्त्रिमण्डलमा एकजना महिला मन्त्री बनेकी हुन् ।  यादवलाई शान्ति तथा पुनर्निमाण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री दाहालले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका हुन् । यसअघि आफ्नो पार्टीका मन्त्री नियुक्त गर्न दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्ने क्रममा माओवादी केन्द्रका दुईजना महिला राज्यमन्त्री परेका थिए । महिलालाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान नदिएको भन्दै मा‌‌‌ओवादी महिला सांसदले सपथ ग्रहण वहिस्कार गरेका थिए । उनीहरूले राज्यमन्त्रीमा नजान समेत राज्यमन्त्रीहरू धनमाया विक र राधिका तामाङलाई सुझाएका थिए ।

संविधानको  मर्म विपरित दलहरूले महिलालाई अवमुल्यन गर्दै अघि बढेको भन्दै सत्ता साझेदार दलका महिला आक्रोसित छन् । मन्त्रिमण्डलमा जाने चर्चामा रहेकी नेपाली काँग्रेसकी नेता कमला पन्तले महिलाको योगदानको घोर अवमुल्यन भइरहेको प्रतिक्रिया दिनुभयो ।

आज विस्तारित मन्त्रिमण्डलमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन्  ।

यसैगरी  दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी, गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसअघि नेकाका तर्फबाट उप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सरकारमा सहभागी भइसकेका छन् ।

थप समाचार…

मन्त्रिमण्डल गठन प्रक्रियादेखि नै संविधान कार्यान्वयन गर्न महिला अधिकारकर्मीद्वारा ध्यानाकर्षण

गल्ती सच्याउ प्रचण्ड

माओवादी महिला सासंदले शपथग्रहण कार्यक्रम बहिष्कार गर्ने

काँग्रेसमा मन्त्री हुने चर्चामा रहेका महिला

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: