पोतेबाट श्रृङ्गारका सामग्री बनाउन सिक्दै हिंसा पीडित महिला


प्रकाशित मिति :2016-08-26 12:32:28

सर्मिला बुढाथोकी

2
दोलखा । दोलखा सदरमुकाम चरिकोटमा  तीज नजिकिदै गर्दा पोते तथा क्रिस्टलका  सामग्री बनाउने पन्ध्र दिने सीपमुलक तालिम सञ्चालन भएको छ ।

आवाज नेपाल दोलखाको आयोजना, महिला तथा बालबालिका कार्यालयको समन्वयमा सुरु भएको तालिममा बिभिन्न डिजाईनका पोते, पोतका अौँठी, रिङ, टप, चुरा, कपालमा लगाउने काँटा जस्ता सामग्री बनाउन सिकाईने प्रशिक्षक सविता रायमाझीले बताईन् ।

1

तालिममा हिंसा प्रभावित तथा महिला मजदुर गरी २० जना सहभागी छन् । विशेषगरी तिज तथा अन्य चाड पर्वमा यस्ता सामग्री बढीमात्रामा खपत हुने भएकाले पोतेबाट सामग्री बनाउने तालिमको आयोजना गरिएको आयोजकको भनाइ छ । तालिमपछि थोरै लगानीबाट पनि पोतेबाट बिभिन्न सामग्री बनाएर बेची महिला आत्मनिर्भर हुनसक्ने अपेक्षा गरिएको जनाईएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: