दशवर्षको कसरतले भयो तेतरीया बालविवाह मुक्त गाविस


प्रकाशित मिति :2016-08-26 13:16:57

लिलाराज भट्टराइ
मोरङ ।  विद्यालयमा विद्यार्थी अत्यन्तै न्यून हुन्थे, ती मध्ये पनि धेरै जसो विवाहित । कक्षा चार/पाँचमा मा पढने, तर विहे भने गरिसकेका । करिव दश वर्ष अघिको कुरा हो, मोरङको विराटनगरदेखि करिव पन्ध्र किलोमिटर उत्तरमा पर्ने गाँउ विकास समिति तेतरियाको अवस्था यस्तै थियो । शिक्षकको हातमा पनि छडि देखिन्थ्यो । विद्यालयमा खानेपानी र शौचालयको राम्रो व्यवस्था थिएन । त्यति वेला विहानै कोही त्यो गाँउमा पुग्यो भने विचित्रको अवस्था देखिन्थ्यो, मान्छेहरू लहरै लाइन जस्तो लागेर खुल्लै ठाउँमा दिसा वसिरहेका हुन्थे । शौचालय भएका घर अत्यन्तै न्यून थिए । झन महिलाले त उज्यालो नहुँदै र रातपरेपछि मात्र शौच गर्न खुल्ला ठाउँ जानुपर्ने वाध्यता थियो ।

12247765_1013282948725714_3574511255396628126_o-768x576

दशवर्ष अघिको तेतरिया र अहिलेको तेतरियामा अहिले आकाश जमिनकै फरक छ । अहिले त्यहाँका विद्यालयमा विद्यार्थी भरिभराउ देखिन्छन् । विद्यालयमा बालविवाह गरेका विद्यार्थी एकजना पनि छैनन् । शिक्षकको हातवाट छडी पनि हटेको छ । विद्यालयमा खानेपानीको राम्रो व्यवस्था छ । विद्यालयमा मात्र होइन तेतरिया गाविसका सवै   घरमा शौचालय वनेको छ । खानेपानीको मुख्य श्रोत टयूवेलसँगै घर घरमा हात धुन सावुन राखेको देखिन्छ । यो गाविसका कोही पनि स्कुल जाने उमेरका बालबालिका स्कुल वाहिर छैनन् । सवै बालबालिकाको जन्मदर्ता गरिएको छ । खोप लगाउन कोही पनि बालबालिका छुटेका छैनन । बालबालिका  वाल क्लवमा संगठित भएका छन् । गाविसको योजना निर्माण र कार्यावन्यनमा उनीहरू सक्रिय सहभागी हुँदै आएका छन् ।

 देशभर गाविसलाई पछि पार्दै तेतरिया गाविस गतवर्ष चैतमा नेपालकै पहिलो बालमैत्री गाविस वनेपछि गाविसमा यस्तो परिर्वतन आएको हो । तेतरिया गाविसलाई वालमैत्री वनाउन  १० वर्षसम्म अथक मेहनत गर्नुपरेको गाविस सचिव विश्वमणी निरौला वताउनुहुन्छ । ‘आफ्नो गाउँलाई बालमैत्री वनाउन बालबालिकाको भूमिका महत्वपूर्ण रह्यो’ सचिव निरौला भन्नुहुन्छ । बालबालिका स्वतस्फूर्त अभियानमा लागेकाले धेरै सजिलो भएको उहाँको भनाइ छ ।

teterai

केही वर्ष अघिको कुरा हो एकाविहानै घर घरवाट बालबालिका सिठ्ठी वोकेर निस्कन्थे । खुल्ला ठाँउमा शौच गर्न वसेकालाई सिठ्ठी वजाएर खेदाउँथे । गाउँका आफ्नै छोराछोरीका अगाडी स्थानीयको केही सीप चलेन । दिनहुँ खेदाउन थालेपछि स्थानीय घर घरमा शौचालय वनाउन बाध्य भए । त्यसो त बालबालिकाले शौचालय वनाउन आग्रह गर्दै घर घर गएर गरेको आग्रहले समेत काम गर्‍यो ।

२०६९ पुष २२ गते तेतरिया खुल्ला दिसा मुक्त गाविस घोषणा भयो । घरका ठूला मान्छेले बालबालिका छँदै विवाह गर्नका लागि ठीक्क पारेका विवाह वालवालिका आफैँले रोकिदिए । वालक्लवका सदस्यले आफ्नो विवाह आफैँ पनि रोके । त्यसमा गाँउका महिला समूहले पनि मज्जैले साथ दिए । महिला सञ्जाल वनाएर सञ्जाल मार्फत महिला दिदीवहिनी घर घर पुगेर वालमैत्री वनाउनका लागि गर्नुपर्ने जानकारीहरू दिए । वालमैत्री गाविस हुँदाका फाइदाहरू वताए । सवै वालवालिकालाई जन्मदर्ता गराउन,विद्यालय जाने उमेर पुगेका वालवालिकालाई घरमा नराख्न विद्यालय पठाउन महिलाको महत्वपूर्ण भूमिका रह्यो । त्यसो त गाँउ विकास समितिको पूरै ध्यान गाविसलाई वालमैत्री वनाउनमा केन्द्रित भयो । तेतरियालाई वालमैत्री गाविस वनाउन प्लान नेपाल र मानवअधिकार तथा वातावरण मञ्च फरेन नेपालले आर्थिक र प्राविधिक सहयोग गरे ।

वालमैत्री स्थानीय शासन कार्यावन्यन कार्यविधि २०६८ मा बालमैत्री बन्नका लागि  ३९ वटा सुचकांक छन् ।  तेतरियाले यी सवै सुचकांक पुरा गरेको छ ।  तेतरिया गाविसका सचिव  न्यौपाने भन्नुहुन्छ ‘सवैभन्दा गाह्रो त बालविवाह हटाउनलाई पर्‍यो ।’ यसमा बालबालिकाले बालक्लव मार्फत गरेको सहयोगले ठूलो मद्दत पुगेको उहाँको भनाई छ । कुनै वेला मोरङमा धेरै बालविवाह हुने गाविस मध्येमा तेतरिया पनि पथ्र्यो, तर अहिले त बालविवाह मुक्त गाविस घोषणा भइसकेको छ । गत  असार १ गते तेतरिया वालविवाह मुक्त गाविस घोषणा भएको हो । तेतरिया बालमैत्री गाविस वनेपछि गाविसमा आउने अनुदान १० प्रतिशतले वढेको छ । त्यसो त राम्रो काम गरेवापत गाविस सचिव विश्वमणी न्यौपाने राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनसेवाश्री पदकवाट सम्मानित हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: