सेनाको पैदल फोर्समा पहिलो पटक महिला भए मेजर


प्रकाशित मिति :2016-08-26 15:57:34

महिला खबर
काठमाडौं । नेपाली सेनाको इतिहासमा पैदल फोर्स (इन्फेन्ट्री) तर्फ पहिलो पटक महिला अधिकृतस्तरमा बढुवा भएका छन् । गत साउन महिनामा ४४ जना महिला मेजर पदमा बढुवा भएका हुन् । २०६१ सालमा सेकेण्ड लेफ्टिनेण्टबाट प्रवेश गरेका ६८ जनामध्ये ४४ जना गत साउन महिनामा मेजरमा बढुवा भएका हुन् । बाँकीको पनि बढुवा हुने सैनिक प्रवक्ता तारा बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

women army Nepal

नेपाली सेनाको प्राविधिक तर्फ महिलाहरू माथिल्लो पदमा पुगेका छन् । प्राविधिक तर्फ अहिले पनि सहायक रथीसम्म छन्, तर पैदल सेना जो फिल्ड मै खटिन्छ यसमा मेजर पदमा पहिलो पटक पुगेका हुन् ।

नेपाली सेनाको पैदल सेनामा महिला जम्मा ३ हजार १६३ जना छन् भने प्राविधिक तर्फ ३९९ जना छन् ।  जम्मा ९४ हजार सेनामा महिलाको संख्या ३ हजार ५६६ रहेको छ ।

 नेपाली सेनामा प्राविधिक तर्फ विं. स २०१७ सालदेखि नै महिलाको प्रवेश भएको हो ।  तर, साधारण तर्फ पैदल सेनामा भने शसस्त्र युद्धका बेला २०६१ सालमा महिलाका लागि खुल्ला गरिएको हो । त्यतिखेर सेनामा प्रवेश गरेका महिला अहिले मेजरमा बढुवा भएका हुन् ।

समग्र संख्यामा महिला थोरै देखिएपनि अहिले आवेदन खुलाउँदा महिलालाई प्राथमिकतामा राखिएको सैनिक प्रवक्ता तारा बहादुर  कार्कीको भनाइ छ । उहाँका अनुसार महिला, दलित, जनजाति, मधेशीलगायतको सहभागिताका लागि नेपाल सरकारले अंगिकार गरेको कानुन नेपाली सेनालाई पनि लागु हुने हुनाले आवेदन खुला गर्दा त्यही अनुसार छुट्टै खुलाउने गरिएको छ र यो हरेक वर्ष बढाउँदै लगिएको छ ।  खुल्लामा पनि महिला आउन सक्ने कार्की बताउनुहुन्छ ।

 ‘पैदल सेना आवश्यक पर्दा जस्तोसुकै काममा फिल्डमा खटिनुपर्ने सेना हो, यसमा महिलाले दिएको सेवा पुरुषको भन्दा कत्तिपनि कम छैन, पुरुषसरह जिम्मेवारी निभाएका छन्’ प्रवक्ता कार्की भन्नुहुन्छ ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पनि महिलालाई प्राथमिकतामा राखिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘शान्ति सेनामा पनि नेपाली महिला सेनाले निकै प्रसंशा पाएका छन् ।’ महिलाका विशेष अवस्थामा भने आवश्यक सुविधा दिएको उहाँको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: