श्रीमतीको मजदुरी श्रीमानको मदिरा


प्रकाशित मिति :2016-08-27 11:00:35

श्रीमतीले मजदुरी गरेको पैसा थाहै नपाई श्रीमानले बुझ्ने गरेका छन् । श्रीमतीको कमाइले रक्सी खाने पुरुषको संख्या बढी छ  ।

छेटु शेर्पा

दिदिङका महिला अलैंची छोडाउँदै ।

दिदिङका महिला अलैंची छोडाउँदै ।

संखुवासभा । उनी उठ्दा भाले बासेकै हुँदैन् । देविमाया गुरुङ बिहान चार बजे अगाडि उठ्नुको कारण हो घरको काम समयमै सकेर मेला जानु । घर धन्दा सकेपछि खाना पकाएर नौ बजे खेताला हाजिर हुनुपर्छ । उनी अलैंची बगान पुगेर दिनभर काम गर्छिन् र बेलुकी फर्कन्छिन् । फर्केर घरको व्यवस्था सबै सम्हाल्नु पर्ने जिम्मा उनकै हो । घरको काम रातमा सकेर उनी दिनमा केही पैसा आउला र घर खर्च चलाउँला भनेर अरुको काम गर्छिन् । तर उनका  श्रीमान रत्नबहादुरले श्रीमतीको मजदुरीबाट आउने रकम बुझे । त्यो रकम रक्सी खाएर सकाए । कहिले  धम्क्याएर कहिले फकाएर उनले सँधै श्रीमतीको कमाई रक्सीमै सक्छन् । देविमायाले भनिन ‘अहिले साउनमा यही पैसाले हरियो चुरा लगाउला भनेको त्यही पनि पाइनँ ।’

काम लगाउने मालिकलाई आफ्नो पारिश्रमिक आफूलाई नै दिन भनेकी छन् उनले । तर घरमा ल्याएर राख्दा समेत झिकेर लगिदिन्छन् । मन लागेको खान र मन परेको लगाउन त सपना हो । बिहान बेलुकीको छाक टार्न समेत समस्या भएको दुखेसो गर्छिन् गुरुङ । मेहनतको रकम आफूले पाए सदुपयोग हुने, तर नपाएपछि मजदुरी गर्न नै व्यर्थ भएको देविमायाको भनाई छ । भनिन् ‘बुढाले कलब्रेक खेलेर एकै दिनमा दुई हजार हारेछ के गर्नु केही भन्दा लागेन, जीवन दुखैदुखमा बित्ने भयो ।’
यहा“का धेरै पुरुष पानीको साटो समेत जाँड र रक्सी नै पिउने गर्छन् ।

चेतनाको कमिले भएका यस्ता हिंसा कम गर्न आफूहरू लागेको महिला तथा वालवालिका कार्यालयका प्रमुख महिला बिकास अधिकृत सुनिता सुवेदीले बताईन् । निरक्षरको संख्या बढी रहेको क्षेत्रमा महिला शसक्तीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम लाने योजना छ सुवेदीको । भनिन ‘यो वर्ष म दुर्गम क्षेत्रलाई बढी समेट्छु ।’

वावुले सवै रकम रक्सी र जुवामा सकेपछि छोराछोरी समेत पढ्न पाएका छैनन् । नजिकैको विद्यालयमा पढ्न पठाएको, तर कापी, कलम किन्ने रकम नपाएर पढ्नै जान नमानेको गुरुङले बताईन । भनिन् ‘अहिले ठुली छोरी मसँगै मजदुरी गर्न जान थालिन् ।’ देविमायाका दुई छोरी दुई छोरा छन् । अहिले अलैंची फूल फूलेको समय भएकाले गोडमेल गर्ने बेला हो । अलैंचीबारीमात्र नभएर गाउँमा कोदो रोप्न दैनिक दुई सय रुपैयाँ ज्यालादारीमा काम गर्छिन् उनी । तर पनि  जीवनगुजारा हुन मुस्किल छ ।

सङ्खुवासभाको जलजलाकी फुटी शेर्पा अलैंची टिप्दै ।

सङ्खुवासभाको जलजलाकी फुटी शेर्पा अलैंची टिप्दै ।

संखुवासभाका जिल्ला शिक्षा अधिकारी टंक प्रसाद गौतमले विकृती संस्कृती नै बन्ने गरेको र थप शैक्षिक कार्यक्रम यस्ता क्षेत्रमा लाने तयारी भएको बताए । भने ‘पुरुष बिहानदेखि मदिरामा लठ्ठ हुने महिला जति काममा व्यस्त हुने कारण बालबालिका पढ्न पाएका छैनन् ।’ यसरी श्रीमतीको कमाइले रक्सी खाने पुरुषको संख्या बढी छ यहाँ।

दुःखै/दुःखको विच मेहनत गरेको ज्याला आफ्नो हातमा नपर्दा निराश हुन्छिन् फुटी । काम गरे पनि घरखर्च चलाउन पैसा हुँदैन । त्यसैले उनले ऋण नै लिएर चामल र घर खर्चको जोहो गर्दै आएकी छिन् । गाउँकै निमाछेत्तर शेर्पाको अलैंची बगानमा गएर एक साता काम गरिन् । तर दैनिक तीन सय रुपैयाँका दरले पाउने दुई हजार एक सय रुपैयाँ पारिश्रामिक पत्तो नै नपाई श्रीमान पासाङ निमाले बुझेर अन्यत्रै खर्च गरेपछि उनले घरखर्च चलाउन ऋण नै लिन बाध्य हुनु परेको हो ।

जलजलाका यी शेर्पा दम्पत्तीको जस्तो हालत धेरैको छ यहाँ । महिलाले गरेको मजदुरीको पारिश्रमिक पुरुषले बुझ्छन् र रमाइलोमा खर्च गर्छन् । पुरुषहरू भेला हुने रक्सी खाने र  तास खेलेर रमाइलो गरेर दिन काट्छन् । तर महिला घरधन्दा र मेलापात मजदुरीमै व्यस्त हुनुपर्छ । जलजला–२ की पासाङलमी शेर्पा भन्छिन् ‘वालवालिका र घरकै स्याहारसुसारमै दिन बित्छ ।’ एक हजार सात सय उचाइमा रहेको यो गाउँमा आलु, मकै, कोदो उत्पादन हुने गर्छ भने मुख्य आम्दानीको श्रोत अलैंची हो ।

मजदुरी गर्न कहिलेकाही दम्पत्ती सँगै जाने गर्छन् । मन नलागेको दिन पुरुषहरू भेला भएर बस्ने गर्छन् । पर्म तिर्न र ज्यालादारी गर्न समेत महिलाकै बढी मेहनत पर्ने गरेको यस क्षेत्रका शिक्षक लाक्पा शेर्पा बताउँछन् । निरक्षरको संख्या उल्लेख्य रहेको यो गाउँका महिला अधिकार भन्दा पनि कर्तव्य नै सम्झेर दुःख गर्ने गरेको  शेर्पाले बताए । भने ‘कहिले काँही म समूह नै गठन गरेर महिलाले पनि अधिकार खोज्न सिक्नु पर्छ भन्छु, तर बुझ्दैनन ।’

चेतनाको स्तर बढ्न नसकेको कारण सदियौंदेखिको कुलत नै बनेको नागरिक अगुवा भीम तामाङ बताउँछन् । यो समस्या समाधान गर्न सवैले प्रयास गर्नुपर्ने उनको राय छ । जिल्लाको २२ वटा गाविसको १२ सयदेखि १८ सय मिटरसम्मको भुभागका गाविसहरू दिदिङ, सभापोखरी, मत्स्यपोखरी, नुम, मकालु, पावाखोला, पाथीभरा, बाह्रविसे, मावादिनलगायतका गाविसमा अलैंची उत्पादन हुने गर्छ । अलैंची उत्पादनको रकम पुरुषले व्यर्थ खर्च गर्नाले पनि महिलाको खुसी र इच्छा पुरा हुन नसकेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: