महिला खबर
पाेखरा । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले तीज विशेष सम्मान कार्यक्रममा थि्र सिस्टर्स एडभेन्चरका संस्थापक निर्देशक लक्की कार्कीलाई सम्मान गरेको छ। लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल कार्र्कीले पर्र्यटन क्षेत्रमा महिलालाई स्थापित गराउन उल्लेखनीय भूमिका खेलेको भन्दै उहाँलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि संचारिका समूह नेपालका केन्द्रीय अध्यक्ष निर्मला शर्मालेे कार्कीलाई सम्मान गर्नुभयो। कर्यक्रममा बोल्दै शर्माले महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशिल व्यक्तित्वलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो।
कार्की एक उदाहरणीय व्यक्तित्व भएको भन्दै उहाँको सम्मानले अरुलाई प्रेरणा मिल्ने बताउनुभयो। धार्मिक र सांस्कृतिक महत्व बोकेका यस्ता पर्वबाट सांस्कृतिक अधिकार स्थापित गर्दै महिलाको विकास र समृद्धिमा जोड दिनुपर्ने उहाँको भनाइ थियो। तीजलाई सबै महिलाको साझा र स्वतन्त्रताको पर्वका रुपमा मनाउनु पर्ने धारणा उहाँले राख्नुभयो।
सम्मानित व्यत्तित्व लक्की कार्कीले पर्यटन क्षेत्रको अनवरत यात्रामा आफ्नो मुुल्याकंन गरी सम्मान गरेकोमा संघलाई धन्यवाद दिनुभयो। कामलाई स्थापित गर्न सकेमात्रै नाम बन्छ भन्ने मान्यतामा हिँडेकाले आज आफ्नो मुल्यांकन भइ सम्मानित हुन पाएको बताउनु भयो।
सम्मानले पर्यटन क्षेत्रको विकासमा अझै लाग्ने प्रेरणा मिलेको कार्कीले बताउनुभयो। नाटाका पूर्व अध्यक्ष बासु त्रिपाठीले लक्की कार्की पर्यटन क्षेत्रमा एक स्थापित र सफल नाम भएको भन्दै उहाँको सम्मानले संघनै सम्मानित भएको बताउनुभयो। उहाँले तीज पर्वका सकारात्मक पक्षलाई अवलम्बन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनु भयो।
कार्यक्रम संयोजक कमला गिरीले संघको पहिलो कार्यक्रमले महिलाको सम्मान गर्ने वातावरण र संघका सदस्यको परिवारबीचको आत्मियतालाई प्रगाढ गराउने विश्वास व्यक्त गर्नुभयो। संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले तीजलाई महिला स्वतन्त्रता, समानता र अधिकारको चाडको रुपमा मनाउनु पर्ने बताउनु भयो।
Comment Here!