जलेको अवस्थामा मृत भेटिएकी युवतीको स्केच सार्वजनिक


प्रकाशित मिति :2016-08-28 12:32:52

ज्ञानु पंगेनी
नवलपरासी । नवलपरासीमा २१ महिना अगाडि जलाएर हत्या गरिएको अवस्थामा भेटिएकी एक युवतीको अनुहारको आकृति प्रहरीले सार्वजनिक गरेको छ ।

k 2
उनको मृत्यु रहस्यमय भएको र प्रहरीले घटनामा केही पत्ता लगाउन नसकेको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो । उनको अनुहार तथा शरिरका अधिकांश भाग जलेको अवस्थामा प्रहरीले भेटेको थियो ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले उनको टाउकोको आधारमा तयार पारिएको आकृति सार्वजनिक गरिएको बताउनुभयो ।
प्रहरीले उक्त आकृतिमा आएको स्केचलाई सार्वजनिक गरेपनि उनका नजिकका आफन्त अझै सम्पर्कमा नआएको जनाएको छ ।

नवलपरासीको देउराली गाविस बेलुवास्थित त्रिकोण सामुदायिक वनको नहरमा  २२ मंसिर २०७१ म ती महिलाको पुरै जलेको अवस्थामा शव भेटिएको थियो ।  ती युवतीको अनुहारको आकृति सार्वजनिक भएसँगै प्रहरीलाई घटनाको अनुसन्धानमा सजिलो भएपनि प्रहरीले  युवती कहाँ काी हुन् र को हुन् भन्ने पत्ता लगाउन सकेको छैन ।

डिएसपी थापाले युवतीको आफन्त सम्पर्कमा आउनासाथ घटनाको अनुसन्धानमा सहज हुने भएकोले आकृति सार्वजनिक गरिएको बताउनुभयो ।

उनको शनाखत हुन नसक्दा प्रहरीलाई घटनाको अनुसन्धानमा समस्या परेको छ । युवतीको शवसँगै रातो सुइटर र रातो सुरवाल समेत प्रहरीले बरामद गरेको थियो ।  कपडा मृतककै भएको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: