स्थानिय निकायमा जनसंख्याकै अनुपातमा महिलाको उपस्थिति हेर्न आतुर छुः शान्ति मन्त्री यादव


प्रकाशित मिति :2016-08-28 13:10:18

सृजना अर्याल
sita devi1
चितवन । शान्ति तथा पुननिर्माण मन्त्री सितादेवी यादवले महिलाका लागि स्थानिय निकायमा ५० प्रतिशत आरक्षणको व्यवस्था कसैले काट्न नसक्ने बताउनु भएको छ । चितवनको पहाडी  गाविस दारेचोकमा नेपाल महिला संघको आयोजनामा भएको  शुभकामना आदानप्रदान तथा वृद्धा महिला सम्मान कार्यक्रममा वोल्दै शान्ति मन्त्री यादवले महिलामा  कार्यदक्षता , क्षमता र जिम्मेवारी पुरा गर्न सक्ने साहस छ भन्दै त्यसको आधारमा ५० प्रतिशत महिला सहभागिता स्थाानिय निकायमा गराउनै पर्ने बताउनु भयो । मन्त्यव्य कै क्रममा  मन्त्री यादवले स्थानिय निकायमा जनसंख्याकै अनुपातमा महिला उपस्थित भएको र्हेन आतुर भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अधिकार मागेर पाइदैनँ, त्यसका लागि संघर्ष आवश्यक छ, महिलामा व्यापक जागरण आएमात्र अधिकार पाउन सकिन्छ ।’
women
उहाँले सो अवसरमा तराईका महिला अझ पनि जागरुक हुन नसकेको  बताउनुभएको थियो ।
संविधान कार्यान्वयन गराउने अठोटका साथ आफूहरू सरकारमा सहभागि भएको उहाँले बताउनुभयो  ।
संविधान कार्यान्वयनका लागि सरकार आफ्नो योजना र अठोटका साथ लागि परेको भन्दै उहाँले संविधान कार्यान्वयनका लागि निष्ठा र ईमान्दार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

दलहरूको कार्यशैलीका कारण संविधान कार्यान्वयनमा जनविश्वास गुम्ने खतरा वढेको भन्दै उहाँले जनविश्वासलाई धोका हुने काम सरकारले नगर्ने दावी गर्नुभयो । सरकारले द्वन्द्व पीडितहरूको घाउमा मलम लगाउनका लागि कार्यक्रम संञ्चालन गरिरहेको भन्दै मन्त्री यादवले जनताको अपेक्षा अनुसार आफूले सम्महालेको मन्त्रालयले काम गर्ने बताउनुभयो ।

दारेचोकको मुगलिङमा आयोजित सो कार्यक्रममा  मन्त्री यादव पुग्दा धेरै महिलाका आँखा रसाएका थिए । नेपाली महिलाको पर्व तीजको अवसरमा आयोजित सो कार्यक्रममा दारेचोक गाविसका महिला शसक्तिकरणमा उल्लेखनीय योगदान पुराएका २३ महिलासहित ३३ जनालाई सम्मान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: