महिलाको बलिदानको खिल्ली उडाइयो


सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी

प्रकाशित मिति :2016-08-28 14:17:21

नुनुता राई
ललितपुर । ‘महिलाको सहभागितालाई लिएर अहिलेको सरकारलाई हामीले मुद्दा हाल्न सक्ने आधार छ । हामीले नेतृत्वलाई जवाफ मागेका छौँ । चित्तबुझदो जवाफको अपेक्षा गरेका छौँ ।’ संविधानमा व्यवस्था भए अनुरुप महिलाको सहभागी नगराइएकोमा यतिबेला माओवादी भित्रका महिला नेताहरू पार्टी नेतृत्वसँग जवाफ मागिरहेका सांसद कमला दोङले बताईन् । माओवादी नेतृत्वबाट महिला अयोग्य भए भनेकोमा उनीहरू रुष्ट बनेका छन् ।

उनीहरूले सक्षम असक्षमको परिभाषा नेतृत्वबाट खोजीरहेको बताएका छन् । सांसद दोङ नेतृत्वले यसको परिभाषा दिनुपर्ने बताउँछिन् । महिला सहभागिताको विषयलाई लिएर नेतृत्वलाई पटक पटक सचेत गराउँदै आएको उनको भनाइ छ ।

माओवादीले उठाउँदै आएको समानुपातिक समावेशी सहभागितालाई जातीय क्षेत्रीय समावेशी बनाउन गरेको प्रयास सकारात्मक हुँदाहुँदै पनि लैङ्गिक आधारमा समान सहभागी गराउन नेतृत्व चुकेको महिला नेता बताउँछन् ।

शसस्त्र युद्घमा  घाईते  भएकी चम्पादेवी कार्की पार्टीको यो प्रवृत्तिले नेतृत्वको पुरुषवादी चिन्तन परिवर्तन नभएको स्पष्ट पारेको बताउँछिन् । भनिन् ‘हाम्रो नेतृत्वले १० वर्षे युद्घको समयमा हामीलाई सहभागी गरायो, बलिदान गर्न उक्सायो, लडाँईंमा अङ्गभङ्ग भयो, अहिले राज्यका निकायमा सहभागी गराउन असक्षम भनेर हाम्रो बलिदानको खिल्ली उडाएको छ ।’

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले महिलाको योग्यताको सवाल नउठाएको दावी गरेकी छिन् । गठबन्धन  सरकार भएकोले मिलाउन नसकेको उनले बताइन् ।

प्रवक्ता भुषालले सांसद भएकालाई हामीले कसरी अयोग्य भन्छौ ? भनिन् ‘हामी महिलाको सहभागितालाई लिएर गम्भीर छौँ । अझै ५, ७ वटा मन्त्रालय बाँकी छन् । त्यसमा महिला पर्नसक्छ ।’

नयाँ संविधानको व्यवस्था विपरित दलहरूले आफूखुशी मन्त्री बनाईरहेका छन् प्रष्ट छ । संविधानको कार्यान्वयन गर्ने भनिरहेका दल नै यसको विपरीत कार्य गर्न उद्घत देखिएको छ ।

यो सरकारले चैत भित्र स्थानीय निर्वाचन गराउने भन्दै आएको छ । अहिलेको मन्त्रिमण्डलको गठनले स्थानीय निर्वाचनमा पनि प्रभाव पार्ने बताउँछिन सांसद गोमा कुँवर । ‘यसले स्थानीय निवार्चनमा महिला सहभागितालाई पनि प्रभाव पार्छ, काम गर्ने बेला तलबाट पेल्ने र अवसर दिने बेला माथिकालाई लिने प्रवृति माओवादी नेतृत्वमा देखिएको छ’ उनले भनिन् ।

अधिवक्ता सविन श्रेष्ठका अनुसार नेपालको संविधानमा व्यवस्था भए अनुसार अर्थात संविधानको मौलिक हक र कर्तव्य अन्र्तगत धारा ३८ उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्घान्तको आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । यस अर्थमा राज्यको हरेक क्षेत्रमा महिलाको सहभागितालाई समान बनाउन जरुरी रहेको बताए । उनले भने ‘संविधान कार्यन्वयन गराउने भनेरसरकारमा गएका पार्टीबाटै संविधान विपरीत काम भएकाले यो संविधान कै अपमान भएको छ ।’

सांसद भएपछि प्रधानमन्त्री हुन स्वतः योग्य हुने संविधानमा व्यवस्था भएपनि महिला योग्य छैनन् भन्नु महिलाको अवमुल्यन हुने अधिवक्ता श्रेष्ठको भनाई छ ।

काँग्रेसले १५ जना सरकारमा सहभागी गराएकोमध्ये  एक जना महिला छन् । सांसद कमला पन्तले पार्टी नेतृत्वले संविधानको मर्म विपरीत काम गरेर महिलाको अवमुल्यन गरेको बताएकी छिन् । उनले भनिन् ‘नेतृत्वले संविधानको मात्र नभएर हामी महिलाको कामको पनि अवमुल्यन गरेको छ । कम्तिमा पनि चार पाँच जना महिलाको सहभागिता हुन्छ भन्ने आशा थियो ।’

पछिल्लो विस्तारसँगै मन्त्रिमण्डल  ३१ सदस्यीय भएको छ । ३१ सदस्य मन्त्रीमण्डलमा एक जना मन्त्री र दुईजना राज्यमन्त्रीसहित तीन जना रहेका छन् ।

दश वर्षे शसस्त्र युद्घमा महिलालाई ४०, ६० को सहभागिता गराएको माओवादीले महिलाको पार्टीप्रतिको समर्पणले पहिलो ठूलो दल हुनसफल भएको भन्दै आए पनि यो महिलालाई आश्वस्त पार्ने भाषण प्रमाणित भएको माओवादी महिला नेताले नेतृत्वलाई आरोप लगाएको छ । दश वर्षे जनयुद्घमा करिव १७ सय महिलाले ज्यानको बलिदान दिएको माओवादी महिला नेताले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: