महिला खबर
कपिलवस्तु । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला एकता भेला शनिवार सिउटीमा भएको छ । भेलाले विमला चौधरीको संयोजकत्वमा अनेमसंघ क्रान्तिकारीको जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । जिल्ला भेला गर्नु अगाडि पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसका लागि जिम्मेवारी समेत वाँडफाट गरिएको छ ।
नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य एवं मोर्चाका केन्द्रीय सचिवालय सदस्य सन्तोषी पाण्डेले युद्ध कालमा महिलालाई जसरी बन्दुक चलाउन सिकायो सोही अनुसार आन्दोलनमा योगदान पु¥याएका महिलालाई बदलिंदो परिस्थिति र क्षमता अनुसार विभिन्न स्थानमा अवसर प्रदान गर्नुपर्ने वताउनुभयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक भानुप्रकाश श्रेष्ठले महिला शसक्त रुपले राजनीतिमा आउनुपर्ने अनिमात्रै पार्टीले विभिन्न अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
Comment Here!