मन्त्री चयन गर्दा एकवचन सोधिएन : कोइराला


प्रकाशित मिति :2016-08-28 17:04:04

महिला खबर

sujata
मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मन्त्री चयन गर्ने क्रममा नेताहरूले आफूलाई एक वचन पनि नसोधेको भन्दे चित्त दुखाउनुभएको छ ।

विराटनगरमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले  मन्त्री चयन गर्दा आफूलाई पार्टी सभापति शेर वहादुर देउवा र  नेता रामचन्द्र पौडेल दुवैजनाले एक पटकसम्म पनि सोधपुछ नगरेको गुनासो भने गर्नुभयो ।

मन्त्री वन्न नपाउँदा आफूलाई कुनै पछुतो भने नभएको भन्दै पद नपाउँदैमा कोइरालाहरू नसकिने दावी गर्नुभयो ।

कोइरालाले भन्नुभयो ‘मन्त्री वन्ने इच्छा कि छैन भनेर मलाई नसोधे पनि मलाई लाग्दैन म उहाँहरूभन्दा कम छु ।’ उहाँले गुट र भागवण्डाको राजनीति नगर्न काँग्रेस शिर्ष नेताहरूलाई सुझाव  दिनुभयो । भन्नुभयो ‘नेपाली कांग्रेस भित्रको गुट उपगुटले पार्टी कमजोर हुने भएकाले भागवण्डाको राजनीति नगर्न आग्रह गर्दछु ।’ उहाँले गाउँको विकास गर्न र स्थानिय अधिकारका लागि पनि स्थानिय निकायको निर्वाचन आवश्यक रहेकोमा जोड दिनुभयो । अहिलेकै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उहाँको धारणा छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: