चाडपर्वका बेला सहुलियत पसल सञ्चालन हुने


प्रकाशित मिति :2016-08-29 11:46:08

महिला खबर

काठमाडौं । आपूर्ति मन्त्रालयले चाडपर्वका बेला असोज एक गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई सुपथ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउन ती पसल सञ्चालन गर्न लागिएको हो । सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, चिनी, पनीर, खसी, बोका, च्याङ्ग्रा र खाना पकाउने ग्याँस विक्रीमा राखिने मन्त्रालयले जनाएको छ । सहुलियत पसल असोज २१ गतेसम्म सञ्चालन हुनेछन् ।

नेपाल आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ५० रूपैयाँ छुट दिई बिक्री वितरण गर्ने र मट्टीतेलमा पनि मूल्य घटाउन पहल गर्ने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी बैठकले दुग्ध विकास संस्थानबाट उत्पादित घ्यूमा प्रतिकिलो दश रुपैयाँ छुट दिने निर्णय गरेको छ । विज्ञप्तीका अनुसार खाद्य संस्थानले आफ्नो बिक्री स्थलबाट पन्ध्र प्रकारका चामल, फापर र सिमीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिई बिक्री गर्ने गर्नेछ। चिनीमा प्रतिकिलो पाँच नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट हुने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: