सहकारी संस्थामा महिलाको संलग्नता बढ्दै


प्रकाशित मिति :2016-08-29 12:27:54

सर्मिला बुढाथोकी

sukumbasi sahakarika sadasyaharu pix

दोलखा । दोलखा जिल्लामा  ५ सय २४ वटा सहकारी संस्था छन् । यिनमा दुईसय  महिलाले रोजगारी पाएका छन् । रोजगारी पाउने पुरुषको संख्या करीव डेढ सय छ । रामेछाप जिल्लामा भने ४ सय १९ वटा सहकारी संस्था रहेकोमा ६८ जना महिला र ८१ जना पुरुषले रोजगारी पाएको डिभिजन सहकारी कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।

दोलखा जिल्लामा रहेका सहकारी संस्थामा आर्थिक वर्ष ०७२/ ०७३ सम्ममा ६२ हजार ५ सय ४४ जना महिला  शेयर सदस्य रहेको तथ्याङ्क छ  ।  ६३ हजार ३ सय ४२ जना पुरुष सदस्य रहेका छन् । त्यसैगरी सञ्चालक समितिमा पन्ध्र सय पुरुष र एक हजार ३४ जना महिला रहेको डिभिजन सहकारी कार्यालय दोलखाले जनाएको छ ।

३७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर रहेको दोलखाको सहकारी संस्थामा ५ अर्ब ७६ करोड २९ लाख रुपैयाँ बचत छ भने ऋण लगानी २ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ रहेको जनाइएको छ ।

त्यसैगरी रामेछापको सहकारी संस्थाहरुमा आर्थिक बर्ष ०७२/०७३ सम्ममा महिला २२ हजार ९ सय ६१ जना र पुरुष २३ हजार ७ सय ७२ जना शेयर सदस्य रहेको डिभिजन सहकारी कार्यालय दोलखाले जनाएको छ । सञ्चालक समितिमा कसरीव छ सय महिला र ९ सय भन्दा बढी  पुरुष रहेको तथ्याङ्कले देखाएको छ ।

८ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर रहेको रामेछापका सहकारी संस्थासँग ९६ करोड २६ लाख बचत र ऋण लगानी १ अर्ब ६९ करोड २७ लाख रहेको डिभिजन सहकारी कार्यालय दोलखाले जनाएको छ ।

एकै व्यक्ति धेरै सहकारी संस्थामा सदस्य तथा सञ्चालक रहेकाले सदस्य संख्या र सञ्चालक सदस्यको संख्या बढेको सरोकारवालाको भनाई छ । एउटा व्यक्ति एउटामात्र सहकारीको सदस्य र सञ्चालक हुन पाउने व्यवस्था भए यो संख्या निकै घट्ने सहकारी सदस्यहरू बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: