पार्वती पाण्डे

दैनिक एक रुपैयाँ अभियानको खुत्रुकेमा रकम सहयोग गर्दै इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु वहादुर घर्ती
कपिलवस्तु । हिंसामा परेका महिलाको उद्धार गर्न कपिलवस्तुमा सुरु भएको दैनिक एक रुपैयाँ अभियानलाई विस्तार गरिएको छ । राष्ट्रिय महिला अधिकार मञ्च कपिलवस्तुको पहलमा सुरु भएको यो अभियानलाई जिल्लाको जितपुरमा विस्तार गरिएको हो ।
हिंसा पीडित महिलालाई आर्थिक सहयोग गर्न शुरु गरिएको दैनिक एक रुपैयाँ अभियान सफल बनाउन सवैको सहयोग र साथ आवश्यक रहेको मञ्चका सचिव चेतना अधिकारीले बताउनुभयो । अभियानमा सवैले सहयोग पुर्याउन समेत उहाँले आग्रह गर्नुभयो ।
अभियान विस्तार गर्न जितपुरमा आयोजित कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु वहादुर घर्तीले अभियानको सह्राना गर्दै हिंसामा परेका महिलाको न्यायका लागि यो अभियान कोशे ढुंगा सावित हुने बताउनुभयो । हिंसामा परेका महिलालाई पीडा लुकाएर नबस्न आग्रह गर्दै उहाँले न्यायका लागि कार्यालयमा आउन समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका शारदा शर्माले हिंसा पीडित महिलाको उद्धारका लागि आफ्नो पार्टीले सहयोग गर्ने दावी गर्नुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जनी बन्जाडेले महिला विचारमा फरक भएपनि सवालमा एक हुनुपर्ने तर्क गर्नुभयो । महिलाको त्याग , तपस्या , क्षमता अगाडि रहेपनि पुरुषको तुलनामा आफूहरूलाई कमजोर ठानेकाले अवसरबाट पछाडि रहेको उहाँको भनाइ थियो ।
अन्तर पार्टी महिला सञ्जालका सल्लाहकार समितिका संयोजक विमला घिमिरेले नयाँ संविधानले महिलाका धैरै अधिकार सुनिश्चित गरेकाले संविधान कार्यान्वयन गर्न महिलाको सक्रिय दवाव आवश्यक रहेको औंल्याउनुभयो । एक थुकी सुकी , हजार थुकी नदि भने झै हिंसा पीडित महिलाको उद्धारका लागि दैनिक १ रुपैयाँ संकलन अभियानले पीडित महिलालाई ठुलो राहत मिल्ने उहाँले वताउनु भयो । कार्यक्रममा उपस्थित सवै सरोकावालाले यो अभियानलाई पूर्ण रुपमा सघाउने वचन दिएका थिए ।
Comment Here!