फ्रान्स अदालतद्वारा बुर्किनी निषेध खारेज


प्रकाशित मिति :2016-08-29 15:53:36

महिला खबर
एजेन्सी । फ्रान्सका समुद्री किनारमा बुर्किनी लगाउन सरकारले लगाएको प्रतिबन्धलाई त्यहाँको सर्वोच्च अदालतले गैरकानुनी र स्वतन्त्रताको उल्ङ्घन भन्दै खारेज गरिदिएको छ । फ्रान्सभरका स्थानीय सरकार प्रमुखहरूले धर्म निरपेक्षताका नाममा  बुर्किनीलगायतका पोसाकमा प्रतिबन्ध लगाउन पैरवी गर्दै आएका थिए । अन्य युरोपेली देशको तुलनामा फ्रान्स धर्म निरपेक्षताको मुद्दामा निकै कठोर रहँदै आएको छ। फ्रान्सेली क्रान्तिदेखिनै राज्य पूर्ण रूपले धार्मिक आस्थाबाट अलग रहनुपर्छ भन्ने मान्यता फ्रान्समा रहदै आएको छ। मत सर्वेक्षणहरूमा धेरैजसो फ्रान्सेलीले उक्त प्रतिबन्धलाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री म्यानुअल भाल्सले  ‘बुर्किनी लगाउने महिलाले फ्रान्सेली गणतन्त्रको सहनशीलता जाँचिरहेको’  भन्ने अभिव्यक्ति दिएका छन्।

burkini

तर न्यायालयका ३ जना बरिष्ठ न्यायाधिसले भनेका छन् बुर्किनीमा प्रतिबन्ध लगाउने निर्णयले आधारभूत स्वतन्त्रतामा आघात पुराएको छ, यसले आवागमनको स्वतन्त्रता, विवेकको स्वतन्त्रता, र व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण भएको ठहर गरेको छ । ‘न्यायधिसहरूले उक्त प्रतिबन्धको पक्षमा कुनै तथ्य नभएको जनाएका छन्।

एक साताअघि  फ्रान्सको एउटा समुद्री किनारमा सशस्त्र प्रहरीले एक महिलाको बुर्किनी खोल्न लगाउँदै गरेको तस्बिर सार्वजनिकपछि यसको विरोध बढ्दै गएको थियो।

शरीर पुरै छोपेर पौडी खेल्न चाहने मुश्लिम महिलाले बुर्किनी लगाउने गर्छन्।  एक दशकअघि लेबनान मूलकी अस्ट्रेलियाली महिलाले मुस्लिम महिलालाई पौडी खेल्न सजिलो बनाउने उद्देश्यले सो पोसाक निर्माण गरेकी थिइन् । अस्ट्रेलियाको समुद्री किनार र रिसोर्टमा मुस्लिम युवतीलाई पौडी खेल्न सहज होस् भन्ने अवधारणासहित यो पोसाक बनाइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: