महिला खबर
खोटाङ । खोपको मात्रा पूरा गरेको, पोषणमा सुधार गरेको, परिवार नियोजन, गर्भवती सेवा, क्षयरोगविरुद्धको सेवामा उत्कृष्ट काम गरेको भन्दै खोटाङका स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिएको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा उत्कृष्ट सेवा प्रवाह गरेबापत स्वास्थ्य केन्द्र ऐंसेलुखर्क पहिलो, स्वास्थ्यचौकी दुर्छिम दोस्रो र स्वास्थ्यचौकी बाक्सिला तेस्रो भएका हुन् । यी स्वास्थ्यचौकीलाई जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले पुरस्कृत गरेको हो ।
जिल्लाका उत्कृष्ट दश स्वास्थ्यचौकी छनोट गरिएकोमा प्राप्ताङ्कको आधारमा पहिलो, दोस्रो र तेस्रो स्वास्थ्य संस्थालाई हौसला स्वरुप पुरस्कृत गरिएको कार्यालयका प्रमुख चिकित्सक डा रामबहादुर केसीले बताउनुभयो । कार्यक्रममा सहभागी जिल्लाका स्वास्थ्यकर्मीले पूर्ण खोप सुनिश्चित गर्न, पूर्ण प्रसूति सेवाको व्यवस्था गर्न, बालविवाहरहित समाज निर्माण गर्नेलगायतका नौबुँदे प्रतिबद्धता जनाएका छन् ।
Comment Here!