विश्व स्काउट महिलाको क्षेत्रीय सम्मेलन काठमाडौंमा


२६ देशका २५० महिला स्काउट सहभागी

प्रकाशित मिति :2016-08-29 16:41:46

महिला खबर

scout

काठमाडौं । विश्व स्काउट महिला सङ्गठनको  एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल स्काउटको आयोजनामा  भएको उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले  गर्नुभयो । पाँच दिनसम्म चल्ने उक्त क्षेत्रीय सम्मेलनमा  एसिया प्रशान्त क्षेत्रका २६ देशका २५० स्काउट प्रतिनिधि  सहभागी छन्  ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्काउटिङमार्फत युवापुस्तालाई व्यवहारिक सीप र ज्ञान दिन सरकारको तर्फबाट विशेष भूमिका निर्वाह हुनुपर्ने बताउनुभयो । उहाँले स्काउटिङ क्रियाकलापमा महिलाको सहभागिता र उनीहरूको क्षमता अभिवृद्धिमा स्काउटिङ अभियानको सफलताको शुभकामना दिनुभयो ।

नेपालमा स्काउटिङ सुरु भएको छ दशकमा बालबालिका तथा किशोर–किशोरीको  विकासका साथै राष्ट्रप्रति कर्तव्यबोध गर्ने नागरिक तयार पार्न समेत महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

प्राकृतिक विपत्ति र भूकम्पका बेला नेपाल तथा विश्व स्काउटले पुर्याएको सहयोगप्रति उहाँले धन्यवाद दिँदै पुनःनिर्माण अभियानमा पनि स्काउटको परोपकारी भूमिकालाई व्यापक बनाउन सरकारका सम्बन्धित निकायबाट थप सहयोग र समन्वय हुनुपर्ने औँल्याउनुभयो ।

नेपाल स्काउटका राष्ट्रिय सचिव लोकबहादुर भण्डारीले  सम्मेलनमा महिला नेतृत्व तथा क्षमता विकास, विपद् व्यवस्थापनका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यशाला सञ्चालन हुने जानकारी दिनुभयो ।  ‘विश्वलाई नै जोड्नु, उत्पादन र प्रभाव पार्नु’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको प्रतीक चिह्न ‘हाम्रो डाँफे’ राखिएको छ ।

सम्मेलनले स्काउटको अध्यक्षसहित चार सदस्यीय एसिया प्रशान्त क्षेत्रीय कार्यसमितिको पनि निर्वाचन गर्ने सचिव भण्डारीले जानकारी गराउनुभयो । यस्तो सम्मेलन हरेक तीन वर्षमा आयोजना हुने गरेको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: