डान्सबारका श्रमिक महिलाका लागि कानुन बन्ने


प्रकाशित मिति :2016-08-29 17:34:33

महिला खबर
ranju 1काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापति तथा संसद रन्जु झाले दोहरी साँझ तथा डान्सबारमा काम गर्ने श्रमिक महिलाको लागी कानून बनाउन तयारी रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो ‘यस विषयमा कानुन बनाउनको लागी संसदमा छलफल भईरहेको छ ।, कानुन बनाउँछौं ।’ साथै झाले मनोरन्जन क्षेत्रलाई व्यवस्थित गर्नका लागी सबैको साथ र सहयोगको खाँचो भएको छ औल्याउनु भएको छ ।महिलाको निम्ति महिला मञ्च नेपालले सोमवार श्रमिक महिलाहरुको सवालमा सरोकारवाला निकायहरुको दायित्व विषयमा अन्तरकृया कार्यक्रमलाई संवोधन गर्दै यस्तो जानकारी दिनुभएको हो ।

यसैगरी राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य मनु हुमागाईले आफू आयोगमा हुँदा पनि यहि क्षेत्रलाई व्यवस्थित गर्न लागि परेको र अहिले पनि श्रम ऐनमा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सवाल समेटनु पर्छ भन्ने विषयमा वकालत गरिरहेको जानकारी दिनु भयो ।

श्रम विभाग काठमाडौंका कारखाना निरीक्षक संजय थिङले संशोधनको क्रममा रहेको श्रम ऐनले श्रमिक महिलाहरुको सवालमा कानूनको व्यवस्था गर्ने बताउनु भयाे ।

दोहरी साँझ तथा डान्सबारमा काम गर्ने श्रमिक महिलाहरुको संख्या  काठमाडौंमामात्र करिब ५० हजारको हाराहारीमा रहेको सरकारी तथ्यांक रहे पनि दिन दिनै यस क्षेत्रमा कार्य गर्ने महिला श्रमिकहरुको सख्या बढिरहेको महिलाको निम्ति महिला मञ्च नेपालले बताएको छ । मञ्चले यस क्षेत्रमा कार्य गर्ने महिलालाई अनौपचारिक बनाइएको प्रति दुख व्यक्त गरेको छ । अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको मानव अधिकार र श्रम अधिकारको लागि २०६४ साल देखि मञ्चले राज्य सामू पैरवी र दवाव दिँदै आइरहेको छ । यसै क्रममा संस्थाले ७ औ साधारण सभा सम्पन्न गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: