नागरिकताको खोस्टोले दियो अपार खुशी


प्रकाशित मिति :2016-08-30 14:04:44

यमुना खनाल

citizenship
सिरहा । सिरहाको भगवतीपुर गाबिस ढेकाहाकी  आईसा खातुन  संसार जिते जस्तै भएकी छन् ।  सँधै निन्याउरो मुख लगाएर टोलाई रहने छोरीको मुखमा यति धेरै खुशी देखेपछि उनका बाबु मो. सदरुल मियाँको पनि खुशीको सीमा छैन् । आईसाको खुशी ल्याउने अरु केही नभएर  विवाह गरेको अठार वर्षपछि पाएको नागरिकता हो ।

उनका श्रीमान मो. मुरुल्लाले अर्की विवाह गरेका कारण  कुटपीट गर्ने ,खान नदिने  मानसिक तथा शारीरिक यातना दिन्छन् । उनले विवाह दर्ता र नागरिकता पनि बनाई दिएनन्  ।

अंश दिनु पर्ने डरले विवाह दर्ता र नागरिकता नबनाई दिएपछि आईसाले ईलाका प्रशासन कार्यालयमा रुँदै आफूले भोगेको हिंसा सुनाईन् ।

आईसाका श्रीमान् अहिले वैदेसिक रोजगारका लागि कतारमा छन् । विवाह दर्ता नभएकै कारण खातुन नागरिकताबाट बन्चित हुन परेको थियो । खातुन आफ्ना  बुबाको साथमा आफू हिंसा पीडित भएको श्रीमान् र सासु ससुराले बारम्बार हिंसा गर्ने गरेको , विवाह दर्ता र नागरिकता नबनाई दिएको गुनासो लिएर  ईलाका प्रशासन कार्यालय लहान पुगेकी थिईन् । विवाह दर्ता नभएपनि गाउँका पाँच जनाको मुचुल्काबाट नाता प्रमाणित गरी ल्याएको प्रमाणलाई आधार मानेर प्रशासनले उनलाई  नागरिकता दिएको ईलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसी राम पौडेलले  बताउनुभयो  ।

कानुनी प्रावधान जे भएपनि आफूले सहजीकरण गर्दा हिंसा पीडित महिलालाई राहत पुग्छ भने कहिले काहीँ विवेकले पनि काम गर्नुपर्छ भनेर काम गरेको पौडेलले बताउनुभयो ।

सत्य तथ्य छानबीन गरी नागरिकता पाउनुपर्ने व्यक्तिलाई कानुनी अड्चनमात्र देखाउनु भन्दा विवेक प्रयोग गरी सहजीकरण गरे वास्तविक पीडितले न्याय पाउने उहाँको भनाइ छ ।

पौडेलले भन्नुभयो, ‘श्रीमानले दोस्रो विवाह गरेको छ, परिवारले यातना दिईरहेका छन् ,हिंसाबाट आजित भएर प्रशासनको शरणमा आएकी महिलालाई कानुनी अड्चन देखाएर विवाह दर्ता र नागरिकता नदिँदा थप हिंसा हुने हुँदा कानुनमात्र नहेरी  विवेकले काम गर्नु अत्यन्त जरुरी छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: