नयाँ संविधानमा सुधार गरेर कार्यान्वयन गर्नुपर्छ : प्रधानन्यायाधिस
महिला खबर
सुनसरी । प्रधानन्यायाधिश सुशिला कार्कीले न्यायाधिश र कर्मचारीलाई निष्ठापूर्वक असल काम गर्न सुझाव दिनुभएको छ । जिल्ला अदालत सुनसरीको नयाँ भवनको शिलान्याश गर्दै प्रधानन्यायाधिश कार्कीले असल काम गरेमात्र धर्म हुने स्वर्ग जान पाइने भन्दै स्वर्ग जाने वातावरण वनाउन कर्मचारीहरूलाई सुझाव दिनुभयो ।
प्रधानन्यायाधिश कार्कीले न्याय प्रणाली आधुनिकीकरण तर्फको बाटोमा लागेको भन्दै भौतिक पुर्वाधारमा कमजोर रहेका अदालतलाई व्यवस्थित वनाउन लागिएको जानकारी दिनुभयो । उहाँले अव बन्ने जिल्ला अदालत सुनसरीको नयाँ भवन भूकम्प प्रतिरोधात्मक हुने बताउनुभयो ।
अधिकाँश सरकारी भवन निर्माणको क्रममा हुने अनियमितताले सरकारी भौतिक पुर्वाधार कमजोर हुने गरेको उहाँको भनाई थियो । जिल्ला अदालत सुनसरीको अव बन्ने नयाँ भवन बलियो र सुविधा सम्पन्न वनाउन निर्माण कम्पनीलाई खवरदारी गर्नुपर्नेमा प्रधानन्यायाधिशले जोड दिनुभयो ।
प्रधानन्याधिश कार्की आईतवार विराटनगरमा पुनरावेदन वार इकाई र जिल्ला वार मोरगले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागि हुनुभयो । यस अवसरमा उहाँले अहिलेको संविधानमा केही सुधार गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभएको थियो । उहाँले अहिलेको संविधानमा भाषा तथा अन्य केही कुरा सुधार गरेर लागु गर्नुपर्ने बताउनुभएको हो ।
Comment Here!