तीजका अवशरमा महिला भलिबल प्रतियोगिता हुँदै


प्रकाशित मिति :2016-08-30 15:16:00

महिला खबर
पोखरा । नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने  भएको छ ।

भदौ १७ देखि १९ गतेम्म हुने प्रतियोगितामा छ टोली  सहभागी हुनेछन् । प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, न्यु डायमन्ड विद्यालय, टप्स आवासीय विद्यालय र मध्यपश्चिमाञ्चल टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले  ७५ हजार, दोस्रो हुनेले  ५० हजार  र तेस्रोले  ३० हजार रुपैयाँ, सिल्ड, पदक र प्रमाणपत्र पाउने समाजले जनाएको छ ।

यसै अवसरमा समाजले विद्यालयस्तरीय महिला भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई क्रमशः  २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: