महिला खबर
काठमाडौं । सेनालाई समावेशी बनाउन नेपाल सरकारले अगिंकार गरेको नीति अपनाउने भन्दै आएको नेपाली सेनाले संठगनमा रिक्त रहेका समावेशी तथा खुला तर्फ अधिकृत क्याडेटका लागि आवेदन मागेको छ । सेनाको वेव साइट www.nepalarmy.mil.np मा सेनाको अधिकृत क्याडेटमा १३ जना महिला, २२ जना आदिवासी जनजाती, १९ जना मधेशी, १० जना दलित र पिछडिएको क्षेत्रबाट ३ र खुल्लामा ८३ गरी एक सय पचास जनाका लागि दरखास्त आव्हान गरिएको हो । सेनाले समावेशी तर्फबाट मात्र नभै खुलामा पनि महिलाले प्रतिस्पर्धा गर्न सक्ने जनाएको छ । जसमा समावेशीका लागि छुट्टयाइएका पिछडिएको क्षेत्रलगायत अन्य समूहबाट समेत महिलाले आवेदन दिन सक्नेछन् ।
छनौट प्रक्रियाको वियरिङ्ग परीक्षामा महिला उम्मेदवारको उचाइ, वजन र छाती र शारीरिक वनावटको परीक्षण गरिने छैन । शारीरिक परिक्षामा समेत महिलाका लागि शारीरिक अभ्यास पुरुषको तुलनामा कम तोकिएको छ । महिलाका लागि सिटअप आठ पटक, पूसअप पाँच पटक, ६५ सेकेण्डमा तीनसय मिटर दौड र २१ मिनेटमा दुई माइल दौड परा गर्नुपर्ने सेनाले आव्हान गरेको दरखास्तमा उल्लेख छ जुन पुरुषको भन्दा कम हो ।
थप समाचार…..
Comment Here!