बालिका बलात्कार गर्नेलाई सोह्रवर्ष कैद


प्रकाशित मिति :2016-08-31 11:27:55

महिला खबर

इलाम ।  बालिका  बलात्कारको अभियोगमा थुनामा रहेका  इलाम सुलुबुङका २२ वर्षीय सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले १६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले १२ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै १६ वर्ष कैद सजाय सुनाएको हो । अदालतले राईलाई पीडितका नाममा ७५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

राईले  बालिकालाई तीनवर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको भन्दै  गतवर्ष फागुनमा बालिकाका आफन्तले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी  दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: