कहिलेसम्म पर्खने ?


प्रकाशित मिति :2016-08-31 12:02:19

नुनुता राई

b2
काठमाडौं । ‘म त चार वर्षको थिएँ नि ! राती एकबजे बाबालाई लगेको रे, आमाले भन्नुहुन्छ ।’ बर्दियाकी शान्ती चौधरीलाई बाबाको अनुहार पनि राम्रो याद छैन । उनका बुवा रामदिन चौधरीलाई २०५८ सालमा माओवादीको आरोपमा राज्यद्वारा बेपत्ता पारिएको बताउँछिन् ।

पन्ध्र वर्षीया शान्ती बेपत्ता परिवारको पीडालाई मण्डला नाटक घरमा नाटकीय स्वरुप दिईएको प्रस्तुती हेर्न र बुवाको खोजी गर्न काठमाडौं आएकी हुन् । बुवा बेपत्ता हुँदा  बर्दियाकै ऐश्वर्या २ वर्षकी थिईन् । उनी पनि आफ्ना बुवा कहाँ छन् भनेर खोज्न आएकी हुन् । यो भन्दा अघि उनकी आमा खोज्न हिँड्थिन् । कसैले उनको बुवा कहाँ छन ? जवाफ दिएनन् । अब ऐश्वर्य हिँड्दै छिन्  आफ्ना बुवाको खोजी गर्न ।

कहिलेसम्म पर्खने ? बेपत्ता पारिएका व्यक्तिको वरिवारले पर्खेको बर्षको पात्रो

कहिलेसम्म पर्खने ? बेपत्ता पारिएका व्यक्तिको वरिवारले पर्खेको बर्षको पात्रो

आफन्त र परिवारलाई विना कसुर वेपत्त्ता पारिँदा उनीहरू चरम पीडा भोग्न बाध्य छन् । सरकार फेरिरहन्छ । तर, उनीहरूको प्रश्न जहाँ को त्यहीँ । कसले उत्तर दिने हो ? उनीहरू अलमलमा छन् । किन वेपत्ता पारिए ? कसैलाई थाह छैन । कसैको सिरानीमा रातो किताव भेटेर लगिए, कोही एक छिन कुरा गर्नुछ भनेर लगिए । बिभिन्न वहानामा लगिएका उनीहरू फर्केर आएनन् । परिवारले उनी गएको बाटोमा आँखा ओछ्याउन अझै छोडेको छैन ।

b1

यसरी  लगिएकाहरू जिउँदा छन वा मरिसके परिवारलाई केही पत्तो छैन ।  परिवार आशैआशमा बाँचिरहेका छन् । उनीहरूको घडीमा समय उल्टो चलिरहेको छ । यसै विषयलाई लिएर तयार पारिएको नाटक ‘आधा सत्य’ मण्डला नाटक घरमा मञ्चन भयो ।

राज्य र माओवादी पक्षबाट विभिन्न आरोपमा बेपत्ता बनाईएकाको परिवारको पीडा र आशालाई समेटेर अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा कलाकारले ‘आधा सत्य’ नामक नाटक मञ्चन गरेका हुन् । नाटकलाई राजन खतिवडा र सिजन दाहालले लेखेका हुन् भने निर्देशन राजन खतिवडाले गरेका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: