महिला खबर
मुम्बईमा चलिरहेको ल्याक्मे फेसन विकमा गर्भवती करिना कपूर पनि र्याम्पमा क्याटवाक गरिन र उनी ल्याक्मे फेसन विक विन्टर फेस्टिभको सो स्टपर बनेकी थिइन् ।
उनले भनिन् ‘महिलाले कहिल्यै पनि गर्भवती हुनुलाई अवरोधको रुपमा हेर्नु हुँदैन्, ‘मेरो लागि उक्त वाक भावनात्मक क्षण थियो, किनभने हामी (करिना र उनको नजन्मिएको सन्तान) पहिलो पटक सँगै र्याम्पमा हिँडेका थियौं ।’
करिनाले अगाडी भनिन् ‘ ‘म र्याम्पमा खुसी र आत्मविश्वासी थिएँ । गर्भवती महिला हिँड्न र उड्न सक्छन् । मेरो लागि यो सामान्य हो । कामको कुरा गर्नुपर्दा, अभिनय भनेको मेरो प्यासनु हो र म मर्ने बेलासम्म काम गर्छु ।’
३५ वर्षीया करिनाले उक्त समारोहमा भारत सरकारले सरोगेसीमा लगाइएको रोकमा असन्तुष्टि जनाइन् । भनिन् ‘ हरेक व्यक्ति सँग परिवार हुन पाउने अधिकार छ र यदि दुर्भाग्यबस् कसैले आफैँ बच्चा जन्माउन असमर्थ भए भने अरु महिलाको कोख भाडामा लिएर भएपनि बच्चा जन्माउन उनीहरूको अधिकार हो।’
गत हप्ता भारतिय विदेश मन्त्री सुस्मा स्वराजले कुनै पनि सेलिब्रेटीको नाम नखुलाई भनिन् ‘ सेलिब्रेटीहरू सरोगेसीद्वारा बच्चा लिइराखेका छन्, २ वटा बच्चाको सट्टा ३ वटा बच्चा लिइराखेका छन्, जसको कारण चाहीँ उनीहरूका श्रीमती प्रसव पीडा लिन सक्दैनन् त्यसैले उनीहरूले सरोगेसीमार्फत त्यो पीडाबाट बच्न अरु महिलाके काख भाडामा लिने गरेका छन् ‘।
कलाकार आमिर खान र तुसार कपुरले पनि सरोगेसीमार्फत बच्चा लिएका थिए। शाहरुख खान र उनकी श्रीमती गौरीले पनि उनीहरूको कान्छो छोरा सरोगेसीमार्फत लिएको भन्ने चर्चा छ ।
एजेन्सीको सहयोगमा
Comment Here!