सेतो पहिरन त्याग्दै रुपन्देहीका एकल आमाहरू


प्रकाशित मिति :2016-09-01 12:55:17

इन्दिरा खनाल   
बुटवल । तिलोत्तमा नगरपालिका शान्तिनगर की ८८ वर्षीया निल कुमारी श्रेष्ठ श्रीमान वितेको  ४० वर्षपछि रातो पहिरन लगाउन पाएकोमा मख्ख थिईन । श्रीमानको देहवसान भएदेखि नै विधवाका नाममा सेतो पहिरन लगाउँदै आएको बताउने उनी दुइ दशकपछि  अन्य महिला सरह रंगीन पहिरनमा देखिन पाउँदा निकै खुसीको लागेको बताइन् ।

vlcsnap-2016-09-01-06h30m32s897

‘धेरै खुशी छु , श्रीमान गुमेदेखि आज बल्ल मन हाँसेको छ’ आफूजस्तै अन्य महिलासँग श्रेष्ठ खुशी साट्दै थिईन । श्रेष्ठ सँगै  रुपन्देहीका  दुईसय भन्दा बढी एकल महिलालाई रातो टिका, चुरा र पछ्यौरी वितरण गरिएको थियो । यो सवै रातो पहिरनको चाँजो मिलाएको थियो मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीले  ।

दुईसय एकल महिला मध्ये श्रेष्ठसहित पाँचजना त ७० वर्ष माथिका थिए । आफू रातो पहिरनमा सजिएसँगै कुनै महिलाले पनि रातो पहिरन त्याग्न नपरोस भन्दै आर्शिवाद दिँदै थिई बुटवलकै ७७ वर्षीया भिमकला न्यौपाने । विगत सत्रवर्षदेखि सेतो पहिरनमा रहेकी न्यौपानेले पनि आजैबाट रातो पहिरन लगाउन सुरु गरेकी छन् । ‘आफूहरूले समाजबाट अपेहेलित जिवन विताएपनि छोरी बुहारीले यस्तो दुःख खेप्न नपरोस्’ न्यौपाने भन्छिन् ।
vlcsnap-2016-09-01-06h34m33s189
श्रीमानको मृत्युपछि चुरा पोते, टिका र रातो कपडा लगाउनु हुन्न भन्ने कुरीतिको जरो उखेल्न  एकल महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि रातो पहिरन अभियान शुरु गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीकी अध्यक्ष राधिका श्रेष्ठ बताउँछिन् ।  सो संस्थाले  एक वर्षदेखि रातो पहिरन अभियान सन्चालन गर्दै आएको छ ।

कार्यक्रममा सहभागी एकल महिलाले आफूले भोग्नु परेको समस्याका बारेमा दुखेसो पोखेका थिए । नेपाली समाजमा महिलाहरू एकल हुँदा अपहेलित हुनुपर्ने र एकल महिलाहरूलाई नैे बोक्सीको आरोप लगाउने, जिउँदै जलाउने प्रबृत्ति अहिले पनि विद्यमान रहेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनाल, जिल्ला विकास समिति रुपन्देहीका सामजिक बिकास अधिकृत दुर्गा श्रेष्ठलगायतले समूहको अभियानमा आफूहरू सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: