महिला खबर
ललितपुर । नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघको अधिवेसनको तयारी पुरा भएको अध्यक्ष डिला संग्रौलाले जानकारी दिनुभएको छ ।
अधिवेसनमा सहमतीय प्रकृयाबाट नेतृत्व छान्न प्रयास भइरहेको संग्रौलाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी सहमतीय प्रकृयाबाट जान कोशिसमा छौं, लोकतन्त्रको सुन्दरता निर्वाचन प्रणालीलाई पनि ध्यानमा राखेर सहमतीय निर्वाचन गर्ने पक्षमा छौं ।’
संघले महिला शान्तिका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास भन्ने मुल नारा अधिवेसनका लागि तय गरेको छ ।
अधिवेसनको पहिलो र दोस्रो दिन भृकुटी मण्डपमा र अन्तिम दिन अर्थात भदौ ३१ गते राष्ट्रिय सभा गृहमा निवार्चन हुने संग्रौलाले बताउनु भयो । अधिवेशनमा देशभरबाट २२ सय ४४ जना प्रतिनिधि सहभागी हुनेछन् ।
Comment Here!