महिला खबर
काठमाडौं । एउटै लक्ष्य एउटै सार मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने नारासहित यसवर्षको मानव बेचबिखन तथा ओसारपसारविरूद्धको दशौँ राष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।
सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका तथा बेचबिखनविरूद्धको सार्क महासन्धि, २००२’ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका–संसद्बाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाइदै आएको छ ।
बिहीवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमका अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन नेपाल नामक संस्थाले बिहीवार सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरे । सप्ताहव्यापी कार्यक्रम अवधिभर बेचबिखनसम्बन्धी ऐन/कानुन, बेचबिखन अन्त्यका उपाय, बेचबिखनको अवस्थाका बारेमा सरोकारवालासँग अन्तर्किया गरिने मन्त्रालयले जनाएको छ ।
Comment Here!