महिला खबर
दोलखा । दोलखाको लामाबगर गाविस वडा नम्बर ४ छ्योतमा बुधवार राती आएको पहिरोमा परी २१ वर्षीया पेममाया तमाङ र १८ वर्षीया गडुले तमाङको मृत्यु भएको छ ।
पहिरोमा परी मङ्गले तमाङ, उनकी श्रीमती पातमाया तमाङ, दुई वर्षीय बालक क्षयोसाङ तमाङ, त्रिसि तमाङ र सत्तरी वर्षीय बृद्धा सतमाई तमाङ हराई रहेको प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउन भयो । बेपत्ताहरूको खोजी भै रहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरीएर बच्न सफल २३ वर्षीया लालमाया तमाङ र उनकी छोरी ३ वर्षीया लक्ष्मीलाई स्थानियले ओढारमा बसरिहेको अवस्थामा विहीवार विहान ३ बजेतिर उद्धार गरिएको थियो ।
Comment Here!