सिराहमा आमा र नवजात शिशुको मृत्युदर शून्य


प्रकाशित मिति :2016-09-02 12:18:27

महिला खबर

mom with baby सिरहा। सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहामा  आर्थिक वर्ष ०७२/७३ मा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र बच्चाको  मृत्यु भएको तथ्याङ्क छैन । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाकी  रेणु राईले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष ०७०/७१ मा पनि प्रसूति गराउने क्रममा  कुनै पनि आमाको मृत्यु भएको थिएन । यस्तै आव ०७२/७३ मा जिल्लामा कुनै पनि नवजात शिशुको मृत्यु भएको सूचना नआएको राईले बताउनुभयो । आर्थिक वर्ष ०७१/७२ मा भने सिरहामा ६ जना नवजात शिशुको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

सरकारले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई प्रोत्साहन स्वरुप  ५०० रुपैयाँ र न्यानो लुगा दिन थालेपछि सिरहामा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । आव ०७२/७३ मा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिलाको सङ्ख्यामा आठ हजार ८५६  रहेको छ भने घरमै दक्ष प्रसूतिकर्मीबाट ४३० जना महिलाले सुत्केरी गराएको जिल्ला जनस्वस्थ्य कार्यालय सिरहाले जनाएको छ ।

यस्तै आव ०७२/७३ मा स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउने महिलाको सङ्ख्या शत्प्रतिशत रहेपनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने महिलाको सङ्ख्या १५ प्रतिशत मात्र रहेको रार्ईले बताउनुभयो ।

मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गराउने र सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णको भनाइ छ

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: